राजनीति

    Showing 241-250 of 7,612 items.
  • गिरफ्तार गरिएका एक हजारबढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन

    काठमाडौं— जेनजी अर्जुन शाही लगायतका हजारभन्दा बढी गिरफ्तार जेनजीहरुको रिहाईका लागि जेनजेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।आइतबार काठमाडौंस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै उक्त जेनजी समूहले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।सोही क्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमाा सहभागि भएका कारण थुनामा राखिको व्यक्तिहरु पनि छन् उनीहरुलाई दोषि होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको बताए ।उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागि भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसि

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 354 पटक पढिएको
  • कांग्रेसभित्रको विवादबारे छलफल गर्न देउवाको पहल, निकटका नेताको बैठक आज बस्दै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र देखिएको विवादबारे परामर्श गर्न देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन्।देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ। बैठकमा पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यससँग जोडिएका राजनीतिक विषयमा छलफल हुने बताइएको छ।पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको अडानका कारण विवाद चर्किँदै गएको छ। यसैबीच, कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाध

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 365 पटक पढिएको
  • जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड

    काठमाडौं । पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् ।जेनजी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरुको धारणा छ । नेपाल न्यूज बैंकले केही युवाहरुसँग लिएको प्रतिक्रिया अनुसार देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पूराना दलबाट सम्भव नभएको उनीहरुको धारणा छ ।बसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमज

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 55 पटक पढिएको
  • दलहरूलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन, उल्लङ्घनमा कडा कारबाही हुने चेतावनी

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। आयोगले सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था तथा राजनीतिक दलहरूलाई आचारसंहिता अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो।सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै गतिविधि गर्न नपाउने आयोगको भनाइ छ । सरकारी परियोजना, स्रोत–साधन वा सार्वजनिक सम्पत्तिको चुनावी प्रयोजनमा प्रयोग भए कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ।निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरूमा अव

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 346 पटक पढिएको
  • चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि दलहरुबीच सहकार्यको खोजी

    काठमाडौं— मुलुक निर्वाचनमा होमिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुन थालेको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।ललितपुरको एक घरमा दुई नेताबीच छलफल भएको हो। सो छलफलमा राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।राष्ट्रियसभा निर्वाचन माघ ११ मा हुँदैछ। यो निर्वाचनमा मुख्यगरी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुँदैछ। एक्ला एक्लै चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 370 पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

    एजेन्सी— अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन् ।उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको बताएकी छिन्।ह्यारिसले भेनेजुएलामा ट्रम्पको कार्यले संयुक्त राज्य अमेरिकालाई सुरक्षित नबनाउने बताइन् । उनले त्यहाँ जबरजस्ती शासन परिवर्तन गर्दा अमेरिकी क्षेत्रलाई अस्थिर बनाउन सक्ने र अमेरिकी जीवनलाई जोखिममा पार्न सक्ने चेतावनी दिइन् ।‘भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा बढी किफायती

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 386 पटक पढिएको
  • अमेरिकाले भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको एमाले सचिव बस्नेतको टिप्पणी

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन् ।उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् ।सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।उनले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता औँल्याए ।‘कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 67 पटक पढिएको
  • पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ।बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो। पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 345 पटक पढिएको
  • संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा

    काठमाडौं— संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 346 पटक पढिएको
  • भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध होः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्।जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 344 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा