राजनीति

    Showing 3,031-3,040 of 7,045 items.
  • प्रधानमन्त्रीले पाए दुई तिहाई बढी मत

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत पाएका छन्। उनले आज विश्वासको मत पाउँ भनी पेस गरेको प्रस्तावमाथि सांसदरूले मत हाल्दा दुई तिहाइ भन्दा बढी मत पाएका छन्। उनलाई सत्ता घटकका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा (दुवै), नाउपा, लोसपा, जनमत पार्टी र २ स्वतन्त्र सांसदले मत हालेका हुन्। उनको पक्षमा १८८ मत परेको छ। उनको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायका दलले मतदान गरेका छन्। 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 203 पटक पढिएको
  • संविधान संशोधन रहर होइन आवश्यकता हो : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वास मतसम्बन्धी प्रस्तावमा उठेका छलफलमाथि जबाफ दिँदै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए।‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ। रहरको विषय होइन आवश्यकताको विषय हो।’उनले यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको पनि बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले सुनाए।‘जो जसका जेसुकै राजनीतिक भिन्नता भए पनि एक ठाउँमा आएर संविधान संशोधन हुने रहेछ,’

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 354 पटक पढिएको
  • पूर्वमन्त्री सदनको रोस्टमबाट भने : हिजो घुस खुवाएँ

    काठमाडौँ- अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन्।‘म एउटा सानो उदाहरण दिन चाहन्छु। म भूपू मन्त्री। हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’उनले कर्मचार

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 177 पटक पढिएको
  • बागमतीमा नयाँ सरकार गठन आव्हान

    हेटौंडा- बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 171 पटक पढिएको
  • माधव नेपालले विश्वासको मत लिने प्रधानमन्त्री खोई भन्दै खोजेपछि...

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजी गरेका हुन्।'मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ। उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपर्थ्यो। अरुका वचनहरु सहन नसकेक

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 233 पटक पढिएको
  • कांग्रेस र एमालेमात्र भएको यो देश कस्तो होला ?

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले साना दलले नभई कांग्रेस-एमालेकै क्रियाकलापले देशमा अस्थिरता देखिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला भन्दै प्रश्न गरेका हुन्।‘यो गठबन्धनले दुई दलीय व्यवस्थामा मुलुकलाई लानुपर्छ। त्यो नगरी मुलुकमा स्थिरता कायम हुँदैन भन्नुभयो तर, कांग्रेस र एमाले मात्रै भएको देश कस्तो हुन्छ होला ? अहिले अरु दल हुँदा त यस्तो छ। कस्तो हुन्छ होला त, त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्र

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 264 पटक पढिएको
  • ओलीको नियुक्तिसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।नेपालको संविधानको धारा ७६-२ बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए। यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भनेको हो।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 311 पटक पढिएको
  • सार्वजनिक भयो कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

    काठमाडौँ- नयाँ सरकार बन्नुअघि कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गत असार १७ गते मध्यराति दुई दलबिच सहमति जुटेर ७ बुँदे सहमति भएपनि हालसम्म सार्वजनिक भएको थिएन। यस्ता छन् सहमतिका ७ बुँदा १. आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराइ संविधानको धारा ७६-२ अन्तरगत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।२.

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 407 पटक पढिएको
  • लुम्बिनीमा पनि मुख्यमन्त्री महराले दिए राजीनामा

    रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।  अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन्।सदनमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे। सरकारबाट हटेपनि एमालेले कुनै आरोप नलगाएको उनको भनाइ थियो।‘विश्वासको मत फिर्ता पनि यो संकेत आएको थियो उहाँहरुबाट। प्रदेशमा केन्द्रमा जे हुन्छ, त्यो हुन्छ भन्दै आएको छौं’ उनले भने। ‘काठमाडौंमा पानी पर्दा देउखुर

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 396 पटक पढिएको
  • राप्रपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११:३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराए । आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछ । शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिइसकेको थियो । 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 234 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा