राजनीति

    Showing 3,041-3,050 of 10,435 items.
  • राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ।समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 457 पटक पढिएको
  • थरुहट–रथारुवान क्षेत्रका नेतृत्व र रास्वपाबीच वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु

    काठमाडौं— थरुहट र रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न अभियन्ता र नेताहरूको उपस्थिति रहेको छ। सोही कार्यक्रममार्फत थरुहट–रथारुवान क्षेत्रका राजनीतिक नेतृत्व र रास्वपाबीच औपचारिक रूपमा समायोजन घोषणा गरिने जनाइएको छ।कार्यक्रममा सहभागी वक्ताहरूले समावेशी राजनीति, पहिचान र अधिकारका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, यस समायोजनले आगामी राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।घोषणा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 540 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो ।उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो । आयोगले आइतबार ओलीसँग भदौ २३ र २४ गते घटनाबारे बयान लिएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री थिए ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 544 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौं— नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।यस्ता छन्, पुष २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुः१. राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ,२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्था

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 499 पटक पढिएको
  • वीरगन्जका मुख्य क्षेत्रहरूमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

    वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 520 पटक पढिएको
  • फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखरा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 578 पटक पढिएको
  • रेशम चौधरीको आममाफीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते सर्वोच्चले कारण देखाऊ आदेशसहित मुद्दालाई अग्राधिकारमा राखेको थियो।सरकारका सम्बन्धित निकायले समयमै लिखित जवाफ पेस गरे पनि अहिलेसम्म मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 539 पटक पढिएको
  • औद्योगिक अनुभवमार्फत संसदमा योगदान दिन समानुपातिकमा समावेशः विदुषी राणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन् ।गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरेका थिए । तर राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गरेकी छन्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 494 पटक पढिएको
  • ‘आपसी सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी’

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन् ।सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् ।भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरुलाई च

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 557 पटक पढिएको
  • उम्मेदवारका रुपमा महेश वस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस

    काठमाडौं— नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ ।बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचन

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 562 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.