राजनीति

    Showing 301-310 of 10,425 items.
  • शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई ट्रेड युनियन कांग्रेसको अपिल

    काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस–एनटीयूसीले सुनसरी, सिराहा, धनुषा, पर्सा लगायत तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एनटीयूसीले राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज, धार्मिक तथा सामुदायिक अगुवा, श्रमिक संगठन तथा सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गरी शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।महासचिव अजयकुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारलाई वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सबै राजनीतिक दल, सामाजिक संस्था, नागर

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 395 पटक पढिएको
  • सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनाैं : मन्त्री पोखरेल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन्।शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा श्री बालकल्याण माध्यमिक विद्यालयका

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 165 पटक पढिएको
  • नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे ।प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 219 पटक पढिएको
  • बासुदेव घिमिरेको माग : कोइलाबास नाका स्तरोन्नति र एकीकृत पर्यटन योजना ल्याउन आग्रह

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले ऐतिहासिक कोइलाबास भन्सार नाकाको स्तरोन्नति तथा एकीकृत धार्मिक पर्यटन विकास योजना ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले देशमा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै लुम्बिनी प्रदेशका विविध समस्या र विकासका सम्भावनाबारे सदनको ध्यानाकर्षण गराएका हुन् ‘नेपाल नै नरहे हामी कहाँ रहौँलारु आज मुलुक संकटपूर्ण अवस्थामा छ र साम्प्रदायिक दंगा फैलिरहेको छ’ सद्भाव कायम राख्न सबै नागरिकलाई आग्रह गर्दै उनले भने, ‘यस्तो घडीमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सामाजिक सद्भाव र एकता कायम राख्न हार

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 343 पटक पढिएको
  • तराई–मधेस तनावबारे राप्रपाको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको भएको

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 133 पटक पढिएको
  • तराई–मधेशको घट्ना हिन्दु–मुस्लिमबीचको द्वन्द्व होइन : मौलाना नरुल हुसेन

    काठमाडौं । इस्लामी संघ नेपालका अगुवा मौलाना नरुल हुसेनले नेपालमा भएको पछिल्लो घटनालाई धार्मिक दंगाको रूपमा नहेर्न आग्रह गरेका छन् ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तराई–मधेसमा भएको घटनालाई हिन्दु–मुस्लिमबीचको विवाद नभई गलत तत्वहरूले परिस्थितिको दुरुपयोग गरेको दाबी गरे ।हुसेनले आफू पनि घटनास्थलसँग जोडिएको क्षेत्रमै जन्मे–हुर्केको बताउँदै त्यहाँका समुदायबीच लामो समयदेखि आपसी सद्भाव कायम रहेको उल्लेख गरे । ‘हामी जसरी मिलेर बस्दै आएका थियौँ, भोलि पनि त्यसरी नै बस्ने विश्वास छ । तर यस्तो अवस्था कसरी आयो भन्ने कुरा मैंले अहिलेसम्म बुझ्न सकेको छैन,’ उनले भने ।उनका अनुसार प्रारम्भिक घटना सामान

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 224 पटक पढिएको
  • ब्रोड पिकमा बेपत्ता नेपालीको खोजीमा दूतावास सक्रिय, परराष्ट्रको निरन्तर समन्वय

    काठमाडौं ।पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रोड पिकमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि नेपालले कूटनीतिक पहललाई तीव्र बनाएको छ।शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इस्लामावादस्थित नेपाली दूतावासले अल्पाइन क्लब अफ पाकिस्तान ९एसीपी० तथा अन्य सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको हो। मन्त्रालयका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासले घटनाको प्रत्येक विवरण नजिकबाट नियालिरहेको छ।परराष्ट्रका अनुसार पाकिस्तानी निकायहरूले खोजी तथा उद्धार अभियान जारी रहेको जानकारी दिएका छन्। साथै उपलब्ध सबै स्रोतसाधन परिचालन

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 156 पटक पढिएको
  • विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

    काठमाडौं । जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुई तिहाइको बालेन सरकारले देशमा राजनीतिक स्थायीत्व ल्याउन नसक्नुमा जनमतको अबहेलना भएको बताउँदै भने,‘भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाका साथ आएको सरकार पनि पुरान

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 205 पटक पढिएको
  • मधेसको तनाव समाधान खोज्दै प्रधानमन्त्री बालेन, प्रमुख मधेसवादी नेतासँग छलफल

    काठमाडौं । सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनाव र असहज परिस्थितिलाई लिएर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलको मुख्य एजेन्डा सामाजिक सद्भाव कायम गर्ने, हिंसा फैलिन नदिने र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापना गर्ने उपाय रहेको जनाइएको छ।छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका मधेस केन्द्रित नेताहरू सहभागी छन्।प

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 147 पटक पढिएको
  • आगो जसले लगाए पनि निभाउने दायित्व कांग्रेसकै हो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय समाजमा बढ्दो तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसका जनप्रतिनिधिलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन्।कोसी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा थापाले “जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो“ भन्दै जिम्मेवार राजनीतिक शक्तिका रूपमा उत्तेजना होइन, समाजलाई सम्हाल्ने भूमिका निर्वाह गर्न आग्रह गरे।उनले सामाजिक सञ्जालमा आएका सामग्री सत्यतथ्य नबुझी शेयर वा टिप्पणी नगर्न पनि कार्यकर्तालाई सचेत गराए। कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि संयम अपनाउन

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.