राजनीति

    Showing 3,231-3,240 of 7,696 items.
  • के हुन्छ आज अपरान्ह चार बजे प्रधानमन्त्रीले गर्ने पत्रकार सम्मेलनमा ?

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पत्रकार सम्मेलन गर्ने भएका छन् । अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका थिए ।  यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकले विपतमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।यसैगरी, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित राष्ट्रिय झण्ड

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 489 पटक पढिएको
  • एमालेले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने

    काठमाडौं— नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान गरेका छन् । 

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 358 पटक पढिएको
  • एमालेले बोलायो केन्द्रीय कार्यालयको आकस्मिक बैठक

    काठमाडौं– नेकपा एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 277 पटक पढिएको
  • कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख दिने

    काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमार्फत विपदमा परेका नागरिकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।कांग्रेसले सबै सांसदबाट १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।यस्तै, कांग्रेसले पार्टीका सबै पूर्वघोषित कार्यक्रम स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न निर्देशन समेत दिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 362 पटक पढिएको
  • विपद प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले ठूलो वर्षाको पूर्वअनुमान हुँद

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 430 पटक पढिएको
  • माओवादी केन्द्रद्वारा बाढी, पहिरो पीडितको उद्धारमा जुट्न अपिल

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबान पीडितहरूको उद्धारमा जुट्न पार्टीका सदस्य, मोर्चा र आम नागरिकलाई अपिल गरेको छ। आज जारी विज्ञप्तिमा, विपत्को घडीमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेकाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।विज्ञप्तिमा भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। मनसुनजन्य विपत्तिबाट धेरै मानवीय क्षति भएको छ र पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तुरुन्त कदम चाल्नु आवश्यक छ भनिएको छ ।पार्टीले चाडपर्वको समयमा बन्द रहेका सडकमार्गहरू यथासक्य छिटो खुलाउन पनि सरकारलाई आग्रह गरेको छ। 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 410 पटक पढिएको
  • सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा बैठक आह्वान गरेका हुन् ।कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकको जानकारी दिइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 397 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन: मङ्सिर २ गते उम्मेदवारी दर्ता

    काठमाडौं–स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने जनाइएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ, र ४ गतेसम्म उजुरीको जाँचबुझ गरी निर्णय गरिनेछ। मङ्सिर ५ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन चिह्न पनि त्यही दिन प्रदान गरिनेछ।मतदान मङ्सिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ,

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 337 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौं–निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आवेदन दिन सकिने जानकारी दिएको हो । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता गराउन आग्रह गरिएको आयोगले स्पष्ट पारेको छ । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ भने उम्मेदवारी दर्ता मंसिर २ गते गर्ने कार्यसूची रहेको छ । स्थानीय तहमा ४३ पद रिक्त रहेको र दल दर्ताका लागि निवेदन दिने समयमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 328 पटक पढिएको
  • राप्रपा परम्परावादी शक्ति भएपनि उदार छ : बुद्धिमान तामाङ

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन् । आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको उनको तर्क छ । तामाङले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्दै राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताए । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उनको भनाई

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 299 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा