राजनीति

    Showing 3,251-3,260 of 7,696 items.
  • एमालेद्धारा अधिवेशनमा प्यानल बनाउन रोक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अधिवेशनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। महासचिव शंकर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ अनुसार कुनै पनि कमिटीमा उम्मेदवारले व्यक्तिगत रूपमा मात्र प्रस्तुत हुन पाउनेछन्।पार्टीले ११औं महाधिवेशनसम्म १० लाख सदस्यता पु-याउने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न जनसंगठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिहरूलाई नयाँ सदस्यता विस्तारमा जोड दिइने उल्लेख छ। सदस्यता व्यवस्थापनमा पारदर्शिता ल्याउन आगामी वर्षदेखि ‘अनलाइन’ प्रणाली प्रयोग गरिनेछ। नयाँ सदस्यता लिएका सबैलाई आधारभूत तहको प्रशिक्षण अनिवार्

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 232 पटक पढिएको
  • संविधान संशोधनबाट राजनीतिक अस्थिरता समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत राजनीतिक तहमा देखिएको अस्थिरता समाधान गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा रहेका सबै दलको सहमति जुटाएर संविधान संशोधन अघि बढाइने बताएका हुन् । उनका अनुसार संविधानलाई समयानुकूल बनाउँदै राजनीतिक स्थायित्वको लागि संविधान संशोधन आवश्यक छ । यसका लागि सबै दलको सहमति प्राप्त गर्न अधिकतम प्रयास हुनेछ । प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताएका हुन् । समारोहमा राष्ट्रपति र

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 217 पटक पढिएको
  • लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा आज स्वतन्त्रताको उपभोग गर्दै भविष्य सुरक्षित गर्न सबैलाई आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले संविधान निर्माणका लागि गरिएको दशकौं लामो संघर्ष र सयौंको बलिदानको महत्वलाई जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले जनताले आफैंले तय गरेको शासन प्रणाली र संविधानसभाले निर्माण गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउँदै यसले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई संरक्षण गरेको उल्लेख गरेका छन् । संविधानको संरक्षण गरेर मात्र उपभोग गरेका अधिकारको रक्षा गर्न सकिनेमा उनको जोड छ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 354 पटक पढिएको
  • अध्यक्ष दाहालद्वारा संविधान कार्यान्वयनमा जोड, सबैलाई एकताबद्ध हुन आह्वान

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा संविधानको कार्यान्वयन र जनताको अधिकारहरूको रक्षा गर्न आग्रह गरेका छन्। आजको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले संविधानले जनतालाई प्राप्त अधिकारहरूको संरक्षण र उपयोग गर्दै जनताको अवस्था सुधार्नका लागि दृढता अपनाउनुपर्नेमा जोड दिएका छन्। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवाद निर्माणको अभियानलाई अघि बढाउनु आवश्यक रहेकोतर्फ जोड दिएका हुन् । दाहालले संविधान निर्माणमा योगदान दिने सम्पूर्ण नेपालीलाई सम्मान गर्दै महान जनयुद्

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 366 पटक पढिएको
  • संविधानले राष्ट्रिय एकता र सामाजिक न्याय सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा पनि परिवर्तन आवश्यक भएको बताए । साथै, संविधानले प्रतिवद्ध गरिएका सेवासुविधा र सामाजिक सुरक्षाको

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 312 पटक पढिएको
  • संविधानको इमान्दारितापूर्वक पालना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे

    काठमाडौं–सभामुख देवराज घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सबैलाई नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। उनले संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको भन्दै यसको कार्यान्वयनका लागि सम्बद्ध निकायले जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभामुखले संविधान सबै नेपालीको साझा दस्तावेज भएको उल्लेख गर्दै बाँकी कानुन निर्माणमा राजनीतिक शक्तिहरूबीच समझदारी खोज्न अपिल गरेका छन्।नेपालको लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएका आन्दोलन र सङ्घर्षमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् ।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 420 पटक पढिएको
  • संविधान दिवस २०८१ देशभर उल्लासका साथ मनाइँदै

    काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ । टुँडिखेलमा हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।संविधान दिवसको अवसरमा सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, र नागरिक समाजले विभिन्न कार्यक्रम गर्दैछन्। विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम आयोजना हुनेछ ।२०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायतका विषयलाई आत्मसात् गरेको छ ।संविधान द

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 479 पटक पढिएको
  • रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँः देउवा

    काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे । उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाािणत भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद

    • प्रकाशित मितिः असोज २, २०८१
    • 483 पटक पढिएको
  • कोशीका मुख्यमन्त्री कार्कीले पाए दोस्रो पटक विश्वासको मत

    काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सभा बैठकमा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ मत आवश्यक पर्नेमा कार्कीलाई ६६ मत प्राप्त भएको छ । कांग्रेस र एमालेका सांसदहरूले समर्थन गरेपछि कार्कीले बहुमत पाएका हुन् ।बुधबारको बैठकमा ८३ सांसद उपस्थित थिए । कार्कीको पक्षमा ६६ मत र विपक्षमा १५ मत परेको छ । नेकपा एकीकृत समाजवादीका दुई सांसद मत विभाजन प्रक्रियामा सहभागि भएनन् ।  मुख्यमन्त्री कार्कीले २०७८ सालको २७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार पदभार ग्रहण गरेका थिए । त्यसपछि उनले पहिलो पटक ३१

    • प्रकाशित मितिः असोज २, २०८१
    • 445 पटक पढिएको
  • राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य चयन

    काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्षमुनिका २० जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णयअनुसार १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्य चयन गरेको छ । वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठन गरिएको छनोट समितिले विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि सदस्यहरू चयन गरेको हो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँ

    • प्रकाशित मितिः असोज २, २०८१
    • 399 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा