राजनीति

    Showing 3,401-3,410 of 7,701 items.
  • पदाधिकारी छान्न मंगलबार दिउँसो चुनाव गर्दै एकीकृत समाजवादी

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाएको छ।गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्। यस्तो छ निर्वाचन कार्यक्रम कार्यतालिका:

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 252 पटक पढिएको
  • राष्ट्रिय पार्टी बन्न नसक्ने दलका सांसद स्वतन्त्र हुनुपर्छ : शंकर पोखरेल

    काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा ऊही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।लोकतन्त्रको मूल मान्यता नै सबैभन्दा बलियो राजनीतिक दलले शासन गर्ने भएको पोखरेलले प्रस्ट पारे । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने । कानुनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने उनको धारणा छ । नेपालको कानुनले नै पार्टीहरूलाई बलिया ह

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 415 पटक पढिएको
  • सरकारको जोड घटाउमा नलागौँ, खोज्दै आउने स्थिति बन्छ : प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन्।कास्कीको पोखरामा आइतबारदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको समापनमा अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, अध्यक्ष प्रचण्डले भने।अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्त

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 253 पटक पढिएको
  • गौरा पर्वमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं- काठमाठौंको टुंडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । आज काठमाडौमा बस्ने सुदुरपश्चिमेलीहरुले आयोजना गरेको कार्यक्रमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीविरूद्ध युवाहरुको समुहले नाराबाजी गरेका हुन् । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रधानमन्त्री ओली टुंडिखेल पुगेका थिए । प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’नाराबाजी भएपछि ओली छोटो मन्तव्य राखेर फर्किएका थिए । मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराब

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 853 पटक पढिएको
  • मधेश प्रदेशः खेलकुद विधेयक समितिबाट पारित

    जनकपुर- मधेस प्रदेशको प्रदेश खेलकुद विधेयक समितिबाट पारित भएको छ । प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । आज जनकपूरधाममा समिति सभापति रूपा यादवको अध्यक्षतामा बसेको बैठकमा विधेयकमाथि दफावार छलफलसहित पारित गर्दै प्रदेश सभामा पेस गर्ने निणर्य गरेको हो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगिता लगायत विषय समावेश गरिएको छ । आज बिदाको दिन भ

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 456 पटक पढिएको
  • मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धताः गृहमन्त्री

    काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको बताएका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको बताए । सरकार दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पुर्‍याउने र मुलुकलाई समृद्ध बनाउने अठोटका साथ अघि बढेको र लेखकको भनाई थियो । उनले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समा

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 298 पटक पढिएको
  • प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः अपराध हुनै नदिने कुरामा ध्यान दिनुस्

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताएका छन् । अहिलेको सरकार एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्तिका रुपमा गठन भएको दाबी गरे । वर्तमान सरकार अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अपराध हुनै नदिने कुरामा ध्यान दिन नेपाल प्रहरीलाई निर्देशन दिए ।

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 333 पटक पढिएको
  • माओवादी केन्द्र एकताबद्ध छ : अध्यक्ष दाहाल

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । आइतबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार अघि बढिरहेको बताए । अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा बनेको सरकारले विकास‚ समृद्धि र सुशासनका लागि धेरै काम गरेको भन्दै ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह समेत गरेका छन् । पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा भएको यस बैठकमा पार्टी एकता र संगठन सुदृढीकरणका विषयमा छलफल भएको थियो ।आज सकिने बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको स

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 384 पटक पढिएको
  • संविधान दिवस मनाउन समिति गठन

    काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधान सभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावली लगायतका विविध कार्यक्रम तय गरेको छ।असोज २ गते काठमाडौंको नारायणहिटी (दरबारमार्ग) मा सांगीतिक महोत्सव (नेसनल डे कन्सर) र दिवसका दिन

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 334 पटक पढिएको
  • न्याय परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौँ- सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ।हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ। समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ।न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भएपनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 323 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा