राजनीति

    Showing 3,431-3,440 of 9,600 items.
  • कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

    कोशी— कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 519 पटक पढिएको
  • एमाले विधान महाधिवेशनः अध्यक्ष ओलीले जवाफ दिने

    काठमाडौं—  नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनको अनुसार आज ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्रसुरु भएको छ । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए । उनले भने,‘आजदेखि ८ बजेदेखि बन्दसत्र आह्वान भएको छ । बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनि

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 500 पटक पढिएको
  • अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौंः अध्यक्ष प्रचण्ड

    लम्जुङ— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् । लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।’उनले हुलाकी मार्ग र मध

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 436 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको बन्देजप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको उक्त कदमको निन्दा गरेका हुन् ।बस्नेतले भने, ‘सरकारले उद्योग कलकारखानाहरु बन्द गर्यो । हामी मुखदर्शक भएर बस्यौँ । नेपाल सरकारले मुलकभित्र रोजगारीको सम्भावना बन्द गरिदियो । हामी चुप बस्यौं । आज सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि ठाडो हस्तक्षेप गर्यो, हामी मौन छौं ।’उनले सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने सरकारको स्वेच्छाचारी प्रशासन

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 361 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्द बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा प्रदर्शन गर्ने

    पोखरा, २२ भदौं।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् । गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 456 पटक पढिएको
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 450 पटक पढिएको
  • नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 273 पटक पढिएको
  • सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 272 पटक पढिएको
  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहो¥याएका छन् ।शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए । मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे । नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 196 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 510 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.