राजनीति

    Showing 3,511-3,520 of 9,600 items.
  • प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेट

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 541 पटक पढिएको
  • करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

    विराटनगर— करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मान

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 803 पटक पढिएको
  • विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । सोमबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।  विहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग छलफल गरिने भएको छ । यस्तै बिहान साढे ११ बजे नै बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 551 पटक पढिएको
  • रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट लेखजंग थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिएका हुन् । कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीत

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 521 पटक पढिएको
  • रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस्ः अध्यक्ष प्रचण्ड

    बुटवल— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने,‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुह

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 607 पटक पढिएको
  • प्रधानमन्त्री ओली र मोदीबीच भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ ।चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी  कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र  मोदीबीच भेटवार्ता भएको हो । उक्त  भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 405 पटक पढिएको
  • करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

    विराटनगर । करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 356 पटक पढिएको
  • राजनीतिक दलमा आवद्ध हुनु खराब हो भन्ने गलत भाष्य निर्माण भएको छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहमा बोल्दै उनले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने गलत भाष्य जबरजस्त निर्माण भएको बताउँदै राजनीतिक दलमा आवद्ध भएको मानिसले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर त्यो भाष्यलाई गलत प्रमाणीत गर्नुपर्ने बताए । उनले भने,‘राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने जुन भाष्य जबरजस्त समाजमा निर्माण भएको छ । यो भाष्यलाई गलत सावित गर्ने कुरा हामीले

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 394 पटक पढिएको
  • वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

    काठमाडौं— अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे । मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए । उनले भने,‘अहिलेको सरकार जुन छ । अहिलेको संसदीय अंक गणित भित्र यो भन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन् । हामीले यसबीचमा र

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 526 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिए। आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए। “राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 648 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.