राजनीति

    Showing 3,541-3,550 of 10,435 items.
  • काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

    काठमाडौं—  गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 567 पटक पढिएको
  • एमाले प्रतिनिधि निर्वाचन: मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित

    काठमाडौं—  मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्।यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भएबीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।अध्यक्ष केपी ओलीका कट्टर आल

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 517 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

    काठमाडौं— विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भएको छ ।  साथै एकता महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने भएको छ । एकता समारोहमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु भवन भट्ट, कुमार पन्तलगायत संस्थापक भीम उदासलगा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 505 पटक पढिएको
  • प्रचण्ड-माधव विरुद्ध पोखरामा उत्रिए व्यापारीहरू

    काठमाडौं—पोखरामा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालविरूद्व व्यापारीहरू उत्रिएका छन् ।आज पोखराको मानवअधिकार चोकमा नेकपाले आयोजना गरेको सभास्थलमा व्यापारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।नेकपाको कार्यक्रमले व्यापारीहरू मारमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । व्यापारीहरूले गरी खान देऊ लगायतका माग राख्दै प्रदर्शन गर्दै सडकमा सभा आयोजना गर्न दिनेलाई कारबाही गर्न समेत उनीहको माग छ ।आज आयोजित नेकपाको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 488 पटक पढिएको
  • एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छः प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् ।  आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 590 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल भन्छन एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।   आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।  उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 577 पटक पढिएको
  • योगेश भट्टराई भन्छन परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ

    काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले देशसँगै नेकपा एमाले पनि संकटमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता भट्टराईले संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापित गर्दै राज्यका सवै निकायलाई पुनर्जीवित गर्नुपर्ने चुनौती रहेको बताए । साथै उनले भदौ २३ र २४ को घटनापछि पार्टीलाई कस्तो नेतृत्व र दिशा दिने भन्ने महत्त्वपूर्ण सवाल रहेको पनि बताएका छन् ।भदौ २३ र २४ को घटनाबाट सकारात्मक र नकारात्मक पाटा रहेको भन्दै सकारात्मक शिक्षालाई ग्रहण गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । उनले कुनैपनि हिंसा र विध्वंस स्वीकार्य नहुने भन्दै पार्टीलाई नयाँ सन्

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 534 पटक पढिएको
  • एमाले मकवानपुरका अध्यक्ष पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित

    काठमाडौं— नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् । एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका हुन् ।मङ्सिर २७ गते देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो ।शनिवार हेटौँडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरूमध्ये ८ जन

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 493 पटक पढिएको
  • कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकि छिन् ।सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।”प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छिन्।

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 323 पटक पढिएको
  • बाजुराको बडीमालिका नगरपालिकाले ‘नगर स्थापना’ दिवस विविध कार्यक्रम गरी मनाउने

    बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाले नगर स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवसका अवसरमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्ने भएको हो।नगरपालिकाले आफ्नो ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा बाजुराको कला, संस्कृति झल्किने विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक बर्ष भव्य रुपमा स्थापना दिवस मनाउँदै आएकोमा यो बर्ष पनि भव्य रुपमा स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।सुदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक, संस्कृति झल्किने लगायतका कार्यक्रम गर्न लागिएको नगर प्रवक्ता तथा बडीमालिका नगरपालिका ७

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.