काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ।
बिर्तामोड / प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइ मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनामा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।
काठमाडौं / प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरूको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए ।प्रचण्डसँगै उनका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण देखिएको थियो । मल्लले आफू पनि संक्रमण मुक्त भएको बताएका छन् ।
काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा झाँक्रीले आज प्रगति विवरण सार्वजनिक गर्ने भएकी हुन् । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।
जनकपुरधाम / प्रदेश २ को नाम र स्थायी राजधानीको नाम टुंगो लगाउनका लागि आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ । सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरण समबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राज
विराटनगर / नेपाली कांग्रेसका नेता शिव कोइरालालाई १० वर्षे बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरको छ । बुढीगंगाकी १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि नेता कोइरालालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिए । बुढीगंगास्थित टंकिसिनुवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए ।
बिर्तामोड / विवेकशील साझा पार्टीको विद्रोही समूहका महिलाले छुट्टै महिला संगठन घोषणा गरेका छन् । अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक लाइनसँग असन्तुष्ट महिला नेताले वैकल्पिक महिला संगठन घोषणा गरेका हुन् ।वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै नेतृ विद्या श्रेष्ठ महर्जनको संयोजकत्वमा वैकल्पिक महिला सङ्गठन घोषणा गरिएको हो । श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।पार्टी अध्यक्ष मिश्र गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताका विरुद्ध उभिएको र त्यसले वैकल्पिक राजनीतिको अभियान अवरुद्ध बनाएको आरोप लगाउँदै सो पार्टीका संयोजक मिलन पाण्डेको नेतृत्वमा यसअघि नै ठूलो समूहले
काठमाडौँ / राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारको दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरेको हो ।संघीय संसद्को महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन् ।
बिर्तामोड / संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायतका ठाउँको आज बिहान निरीक्षण गरेका हुन् ।बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतोमा १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटलका लागि भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको बताउँदै मन्त्री आलेले छानविन पछि आवश
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.