राजनीति

    Showing 3,601-3,610 of 7,701 items.
  • राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।शपथ लिनेमा राज्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।  नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्। 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 314 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक सर्‍यो

    काठमाडौँ- सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 114 पटक पढिएको
  • आरसी लामिछाने बने एमाले सम्पर्क समन्वय विभाग सचिव

    काठमाडौँ- नेकपा एमाले सम्पर्क समन्वय विभागका सचिवमा आरसी लामिछाने तोकिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले लामिछानेलाई विभागको सचिव चयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । एमालेले आजै स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेशदेखि जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज पनि तोकेको छ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 258 पटक पढिएको
  • राप्रपाका ७७ वटै जिल्ला अध्यक्ष काठमाडौंमा, दुईदिने भेला जारी

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।उनले भने, ‘७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ। सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ।’भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको ग

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 315 पटक पढिएको
  • तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

    काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।थपिएका तीन राज्य मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।  नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्। यसैगरी नेपाली कांग्रेसका रुपा विक वन तथा वातावरण राज्यमन्त्री, पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बनेका छन्। उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शु

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 403 पटक पढिएको
  • रास्वपाको दुई दिने बन्द कार्यशाला वनस्थलीमा सुरु

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु गरेको छ । कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष  झाले जानकारी दिए । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला  सञ्चालन गर्ने निर्णय गरेको थियो । यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 494 पटक पढिएको
  • चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    काठमाडौं–चौथोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो विदेश भ्रमणमा जान लाग्नुभएको छ । उनी आगामी भदौको तेस्रो हप्ता थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) गते आयोजना हुँदै छ । ओलीले सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । द

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 595 पटक पढिएको
  • रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझायो

    काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 335 पटक पढिएको
  • नवनियुक्त तीन प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका थिए।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 204 पटक पढिएको
  • गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

    काठमाडौँ-  नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त पद रिक्त थियो।त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो । न्यौपाने नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका थिए। पछि फेरि एमालेमै फर्किएका हुन्।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 237 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा