राजनीति

    Showing 3,631-3,640 of 7,701 items.
  • कृषि समितिको सभापतिमा थापामगरको उम्मेदवारी

    काठमाडौँ-  प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी छन् ।आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका छन् ।रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट मानिन्छिन् ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 197 पटक पढिएको
  • को–को हुन् सहकारीको रकम ठगेर विदेश भागेका १८ जना?

    काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन द

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 256 पटक पढिएको
  • कृष्णमानले फिर्ता लिए आयुक्तबाट नाम

    काठमाडौँ- संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन् । ‘मेरो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको छ’, समिति स्रोतले भन्यो ।यसअघि विहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए ।१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहि

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 220 पटक पढिएको
  • मुख्यमन्त्री लामाले भोली विश्वासको मत लिने

    काठमाडौं–मुख्यमन्त्री बहादुरसिंह लामाले भोली विश्वासको मत लिने भएका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । भोली दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ । लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनेछन् ।   

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 272 पटक पढिएको
  • यस्ता छन् विश्वप्रकाश शर्माले सरकारलाई दिएका ११ सुझाव

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अहिलेको संघीय सरकारलाई ११ वटा सुझाव दिएका छन्।गत असार १७ गतेको ७ बुँदे सहमतिअनुसार कांग्रेस र एमाले मिलेर संघीय सरकार बनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ओली नेतृत्वको सरकारलाई ११ सुझाव दिएका हुन्।१, हवाई वा सडक दुर्घटना न्यूनीकरण गर्न के-कस्तो प्रशासनिक र व्यवहारिक निर्देशिका बनाउन र बन्दोबस्त मिलाउन जरूरी छ, त्यसका लागि के-कस्तो कानुनी सुधार जरूरी छरु ढिलाइ नगरिकन  सरकारले यसबारे आवश्यक विधेयक संसदमा पेस गर

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 121 पटक पढिएको
  • साना दललाई बोकेर हिँड्दा देशले प्रगति गर्न सकेन, त्यसैले ठूला दल मिलेको हो : कोइराला

    काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्।ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा मुलुकले प्रगति गर्न नसकेको पनि बताए।‘सत्ता टिकाउन सधैं दुई चार सिट भएका साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषय उठाउँदै आएको थिएँ,’ कोइरालाले आइतबार भारतको चण्डीगढमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा भने। गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 352 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

    काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन्। गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन्।  यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 247 पटक पढिएको
  • आउँदो चुनाव एक्लै लड्छौ : प्रचण्ड

    काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । आइतबार पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ,’ उनले भने।सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको उनी बताउँछन् ।प्रचण्डले आफू नेतृत्वको सरकारले सुशास

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 232 पटक पढिएको
  • रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुल ढकालको पत्र

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका डा। मुकुल ढकालले निर्वाचन आयोग गुहारेका छन्। आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उनको दाबी छ।निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 250 पटक पढिएको
  • मिल्यो कोशीको भागबन्डा, भोली मन्त्रिपरिषद् विस्तार हुने

    काठमाडौं–केन्द्रमा गठबन्धन गरेपनि नेपाली कांग्रेस र नेकपा एमालेलाई प्रदेशमा भागबन्डा मिलाउन समस्या भइरहेको छ । कतिपय प्रदेशमा भागबन्डा नमिलेका कारण नै सरकार विस्तार अगाडि बढ्न सकिरहेको छैन । यसबीच सबैभन्दा अस्थिर प्रदेशको परिचय बनाएको कोशीमा भने दुई दलले बराबर मन्त्रालय लिने सहमति गरेका छन् । काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्नेगरी सहमति गरेको हो । कोशीमा अब एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना मन्त्री बन्नेछन् ।  मन्त्रालय टुंगो लगाएर सोमबार सरकार विस्तार गर्ने तयारी गरिएको छ ।  

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा