राजनीति

    Showing 3,671-3,680 of 7,701 items.
  • संसद्मा चन्द्र भण्डारीको नौलो प्रस्ताव : प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याऔँ

    काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन्।मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए। सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराए।सांसद भण्डारीले विश्वविद्याल

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 158 पटक पढिएको
  • बागमती प्रदेशमा पनि कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने

    काठमाडौँ- बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस(नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो।सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो। यस्तै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएसँगै उनीहरुको विभागीय जिम्मेवारी समेत टुंग्याइएको छ। मंगलबार एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुंग्याएको हो।  जसमा काठमाडौँबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 173 पटक पढिएको
  • कोशीका पूर्वमुख्यमन्त्रीले सचिवलाई भने : तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु

    काठमाडौँ-  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।उनले भने, ‘पूर्व

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 177 पटक पढिएको
  • उपसभामुखको सचिवालयले अमेरिका पठाउनका लागि ९ लाख रुपैयाँ उठाएको मुकुल ढकालको दाबी

    काठमाडौँ- रास्वपाका पूर्वमहामन्त्री डा मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको सचिवालयले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउन रकम उठाएको जिकिर गरेका छन् । आफूले गरेको आन्तरिक छानबिनका क्रममा एक जना पीडित महिलाले उपसभामुखको सचिवालयलाई ९ लाख रुपैयाँ बुझाएको पाइएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बताएका हुन् । उनले आफूलाई गत वैशाख ४ गते सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठमार्फत उपसभामुखको सचिवालयले आर्थिक चलखेल गरेको विषय सहितको सूचना आएको बताएका छन् । श्रेष्ठले ढकाललाई सूचना पठाउँदा पार्टीका एक जना पालिका सभापतिसँग गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाएको ढकालको भनाइ छ । ‘उपसभाम

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 167 पटक पढिएको
  • २० मन्त्री बनाएर पहिलोपटक प्रतिपक्षी बेन्चमा पुग्यो माओवादी केन्द्र

    काठमाडौं– साढे छ वर्षपछि कर्णाली प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रतिपक्षको भूमिकामा देखिने भएको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै माओवादी सत्ताविहिन भएको हो । योसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षी बेन्चमा देखिने छ । सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो । प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्रीसहित १८ जना मन्त्री बनेका छन् । 

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 244 पटक पढिएको
  • संसद् बैठक दिउँसो एक बजे, यी मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं–प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आजको बैठकमा आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्नेछन् । आज स्वास्थ्य तथा जनसंख्या, बन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सांसद प्रतिमा गौतमले

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 312 पटक पढिएको
  • पुष्पलाल कुशल संगठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्योः माधव नेपाल

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनको योगदानको चर्चा गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए।उनले भने, ‘तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको सं

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 223 पटक पढिएको
  • दुई ठूला दल मिलेर सरकार बनाएपछि शेयर बजारमा उत्साह आयो : महत

    बुटवल- पूर्वअर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले–कांगेस मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन्। सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले कांग्रेस र एमाले मिलेकोमा उत्साह देखिएको बताए । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उल्लेख गरे। उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 223 पटक पढिएको
  • लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 223 पटक पढिएको
  • जनआन्दोलनका घाइते सहसचिव कुँवर प्रधानमन्त्रीको निजी सचिव

    काठमाडौं- करिब एक दर्जन सहसचिव र आधा दर्जन उपसचिवलाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवरको सरुवा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या जनसंख्या महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा सुरुवा गरेका छन्। ओली यस अघि प्रधानमन्त्री भएका बखत पनि कुँवर सोही जिम्मेवारीमा थिए। आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका कुँवर तीनवर्ष गण्डकी प्रदेश मन्त्रालयको सचिवको भूमिकामा थिए।२०६२/०६३ सालको जनआन्दोलनका बेला सिंहदरबार कर्मचारीले गरेको आन्दोलनको नेतृत्व कुँवरले गरेका थिए। जनआन्दोलन दबाउनका लागि प्र

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 273 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा