राजनीति

    Showing 3,841-3,850 of 10,435 items.
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बिहीबारबाट प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी छ ।हिजो बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 558 पटक पढिएको
  • रवि लामिछाने र छवि ओझाबीचको कानुनी लडाइँ अझै लम्बिँदै, सुनुवाइ स्थगित

    काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गर्ने निर्णय गरेको हो।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 743 पटक पढिएको
  • भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

    बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार  केन्द्रीय कमिटी  सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई  तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 666 पटक पढिएको
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल

    काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 308 पटक पढिएको
  • राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकको खोजी, स्थायीलाई प्राथमिकता दिनुपर्ने

    भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्देशक नियुक्तिको चर्चा चलिरहेका बेला स्थायीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूको तर्फबाट लेखिएको पत्रमा स्थायी दरबन्दी अनुसार समितिमा कार्यरत स्थायी चिकित्सकमध्ये वा नेपाल सरकारका स्थायी सेवामा रहेका चिकित्सकमध्येबाटै योग्य उम्मेदवारलाई कार्यकार

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 226 पटक पढिएको
  • गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ ।बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जेनेजी आन्दोलनबाट उ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 323 पटक पढिएको
  • २२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 578 पटक पढिएको
  • बालुवाटार बैठकः सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

    काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए । उनले भने,

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 535 पटक पढिएको
  • नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 601 पटक पढिएको
  • राष्ट्रियसभाबाट १९ सांसदको कार्यकाल समाप्त हुँदै, सबैभन्दा धेरै एमालेका

    काठमाडौं— आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये सबैभन्दा धेरै, आठ जना सांसद नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रहेका छन्।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यकाल सकिने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का सात, नेकपा (एमाले) का आठ, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र राष्ट्रपतिबाट मनोनीत एक जना सांसद छन्।राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि यसपटक कार्यकाल समाप्त भई बिदा हुने सांसदमा परेका छन्।माओवादी केन्द्रबाट बिदा हुने सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुम

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.