राजनीति

    Showing 3,891-3,900 of 10,435 items.
  • सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेन–जी युवामाथि कुटपिट

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ ।वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन् ।स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रहरी का

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 421 पटक पढिएको
  • जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्  ।बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’ उनले भने ।ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदा

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 416 पटक पढिएको
  • निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरुसंग वार्ता गरेकोले सरकार विस्तारै निर्वाचनतीर गम्भिर हुँदै गएको आभास भएको बताए । तर अझैपनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 407 पटक पढिएको
  • नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टुबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समावेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।  मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, ‘सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 410 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि क

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 360 पटक पढिएको
  • रास्वपा सचिवालयमा चार सदस्य थपिएपछि तोसिमा कार्की आक्रोशित

    काठमाडौं । रास्वपा केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी नेतृत्वलाई कार्यशैली सच्याउन आग्रह गरेकी छन् । रास्वपा सभापति रवि लामिछानेले शनिबार राति सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेपछि कार्कीले त्यसप्रति कडा आपत्ति जनाएकी छन् । चारैजना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।पार्टी रिफर्मेसन र कार्यकारी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला विस्तारित बैठकसमेत नकुरी हतारमा सचिवालयमा चार सदस्य मनोनीत गर्नु उचित नभएको उनको भनाइ छ । पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 260 पटक पढिएको
  • आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 381 पटक पढिएको
  • तरुण दलले ७३औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन । उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए । तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 533 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठो माया सुनुवारका लागि बनाइएको घर शुक्रबार एक विशेष समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। उक्त घर पूर्णरूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट तयार पारिएको छ । निर्माण समितिका अनुसार घरको अनुमानित लागत रु. ४ लाख ६५ हजार रहेको छ । घरमा आवश्यक आधारभूत सुविधा जस्तै पानी, बिजुली, र सुरक्षित बासको व्यवस्था गरिएको छ ।घर निर्माण समितिक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 280 पटक पढिएको
  • देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’ उनले भने, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 297 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.