काठमाडौँ / नेकपा माओवादी केन्द्रले १ सय २५ सदस्यीय पोलिटब्युरो कमिटी घोषणा गरेको छ । विहीबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् ।केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने माओवादीको विधानमा व्यवस्था छ । सो अनुसार प्रचण्डले पोलिटब्युरो समिति चयन गरेका हुन्।यी हुन पोलिटब्युरो सदस्यहरू :१. पुष्पकमल दाहाल प्रचण्ड२. नारायणकाजी श्रेष्ठ३. कृष्णबहादुर महरा४. उर्मिला अर्याल५. पम्फा भुसाल६. हरिबोल गजुरेल७. गणेश शाह८. देव गुरुङ९.
काठमाडौँ / विवादीत अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन् । बुधबार शर्माले राजीनामा दिएपछि सचिव मरासिनी बिहीबार मन्त्रालय फर्किएका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सामेल गराएको विषयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि मरासिनीले प्रधानमन्त्री निवास पुगेर स्वास्थ्य समस्या देखाउँदै अनिश्चितकालका लागि बिदा बस्ने जानकारी गराएका थिए । तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका हुन्।सचिव मरासिनीको सचिवालयका अनुसार उनी बिहीबार मन्त्रालय आइपुगेर काम सम्हालेका हुन्।
काठमाडौँ / नेकपा माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुखमा कुवेर वली चयन भएका छन् ।काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग प्रमुखमा वलीलाई चयन गरेको हो । यसअघिका आयोग प्रमुख विष्णु पुकार श्रेष्ठ चिनको लागि राजदूत नियुक्त भएपछि सो पद रिक्त रहेको थियो । माओवादीको विधानअनुसार आयोग प्रमुख स्थायी समिति सदस्य सो सरह रहने छन् ।
काठमाडौँ / नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । साथै उनले उक्त महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने समेत बताए ।प्रचण्डले भने –‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ ।’
काठमाडौँ / नेकपा माआवादी केन्द्रको कन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र गैरभौगोलिक क्षेत्रबाट रिपोर्टिङ तथा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।साथै उनले पोलिटब्युरो, स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहका अनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति र पोलिटब्युरो सदस्यहरूको नामावली प्रस्तुत गर्ने छन् । आजको बैठकमा पदाधिकारीको टुंगो भने नलाग्ने भएको शाहले बताए । नेताहरूबीच सहमति जुट्न नसक्दा पदाधिकारी
सप्तरी / सप्तरी जिल्ला अदालतले मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका –७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको हो । मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ। सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेक
काठमाडौँ / लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विद्येयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसद्मा रहेको नागरिकता विद्येयक फिर्ता लिएर नयाँ नागरिकता विद्येयक पेश गर्न लागेको हो ।विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विद्येयक संसद्मा पेश गर्न लागेको हो ।‘जन्मसिद्धका सन्तानले कानुन नहुदाँ नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विद्येयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्नेछ,’ लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोल
बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेका थिए। १० वटा मतदानस्थल र १९ वटा केन्द्र
काठमाडौँ / निर्वाचन आयोगले संघीय चुनावका लागि आगामी मंसिर २ गतेका लागि मिति प्रस्ताव गरेको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगका पदाधिकारीले संघ र प्रदेशको निर्वाचन मंसिर २ मा एकै चरणमा गर्न प्रस्ताव गरेका हुन् ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एकै चरणमा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको बताए । आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लग
काठमाडौँ / बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूमाथि लागेका आरोप पुष्टि गर्न चुनौती दिँदै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।आज उक्त घटनाको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति समेत गठन भएको थियो । शर्माले आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएका छन् । शर्मा माथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.