राजनीति

    Showing 3,911-3,920 of 9,601 items.
  • अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्ने सांसद पन्तको माग

    काठमाडौं — नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले दिएको पूर्णपाठ निर्णयले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै महाभियोग प्रक्रिया सुरु गर्नुपर्ने बताइन्।पन्तले भनिन्, "वाइडबडी जहाज खरिदबारे अदालतको फैसलामा चयनमुखी अभियोजन गरिएको देखिन्छ। अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिए पनि राईप्रति किन नगरेको? विशेष अदालतले प्रश्न उठाएको छ। उहाँ अहिले अख्तियार प्रमुख हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 565 पटक पढिएको
  • ओलीले गरे बीपीको प्रशंसा : बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् ।आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 493 पटक पढिएको
  • जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन अब मन्त्रालय निस्क्रिय बस्दैन : मन्त्री खड्का

    काठमाडौं – सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराललगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेश प्रदेशका आठ जिल्लामा सिंचाई र खानेपानीको समस्या

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 338 पटक पढिएको
  • २४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

    काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 571 पटक पढिएको
  • सरकारको वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

    काठमाडौं – नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्दा सोचेजस्तो काम हुन सकेको बताए । उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे । उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाख

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 303 पटक पढिएको
  • पार्टी अध्यक्षतामा विद्या भण्डारीको नजर, एमाले निर्णय लिन बाध्य भयो : ओली

    काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको अस्थिरताको माहोलप्रति टिप्पणी गर्दै, ‘साना हावाका झोक्काहरू’ले एमालेजस्तो संघर्षशील पार्टीलाई असर नपार्ने स्पष्ट गरेका छन्। उनले पार्टी एकता र निर्माणमा केन्द्रित हुन नेताहरूलाई आग्रह गरेका छन्।शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताको सन्देश दिएको भन्दै धन्यवाद प्रकट गरे।"हामी ठूलो संघर्ष र आँधीबेहरीको सामना गर्दै यहाँसम्म आएका हौं। अहिले देखिएको अस्थिरता सानो हावाको झोक्का मात्रै हो, जुन सामान्य रूपमा समाधा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 835 पटक पढिएको
  • केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् । शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अ

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 233 पटक पढिएको
  • ‘कुलिङ अफ पिरियड’ षड्यन्त्रमा प्रधानमन्त्रीको हात रहेको प्रचण्डको आरोप

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउन माग गरेका छन्। शनिबार काठमाडौंको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले संघीय निजामती ऐनमा राखिएको ‘कुलिङ अफ पिरियड’मा गरिको किर्तेमा प्रधानमन्त्रीकै मिलेमतोमा देखिएको आरोप लगाएका हुन्। अहिले राष्ट्रिय सभामा एमाले सांसदका गतिविधिबाट त्यसमा प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर प्रचण्डले गरे। ‘तपाईँहरूले देख्नुभएको छ, अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइम

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 581 पटक पढिएको
  • काठमाडौंमा कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    काठमाडौं । नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन् । कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ ।ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन् । उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पु¥याएको जनाएका छन् ।संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अह

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 236 पटक पढिएको
  • ८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडांैमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।  शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा  एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर  विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए । उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख  भन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो  डाक्टर इन्जिनियर न

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 267 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.