राजनीति

    Showing 3,951-3,960 of 10,435 items.
  • पूर्वसभामुख महराको थुनछेक सम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 687 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज, शेरबहादुर देउवा सहभागी हुने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । एजेन्डा टुंगो लगाउन बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्दै छ ।कांग्रेसमा महाधिवेशन र नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठेको छ ।बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । २४ भदौमा जेन–जीको आक्रमणबाट घाइते भई उपचारपछि गोप्य रहेका देउवा आज सार्वजनिक हुन लागेका हुन् ।बूढानीलकण्ठस्थित निवासमा आगजनी भएका कारण देउवा अन्यत्र बस्दै आएका छन् ।

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 593 पटक पढिएको
  • कांग्रेसको महाधिवेशन चुनावअघि नै गर्न नेविसंघको माग

    काठमाडौ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि भएको कथित सुनियोजित कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेन-जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो माग राखेका हुन्। उनले आन्दोलनले उठाएका मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।शेर्पाले राजनीतिक दलहरूको पुनर्संरचना आवश्यक रहेको बताउँदै पार्टी, संसद र स्थानीय तहमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग अघि सारे। उनले युवाहरूलाई राजनीतिक प्रक्र

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 437 पटक पढिएको
  • कृष्ण बहादुर महरालाई अदालत उपस्थित गराइँदै

    काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए । महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ । एसएसपी श्रेष्ठले भने, ‘हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ ।’ सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 439 पटक पढिएको
  • गगन थापा भन्छन् देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बिदाइ गर्न भनेका हुन्। उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।  उनले 'इफ, बट' केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 786 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध नेविसंघको किटानी जाहेरी

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 490 पटक पढिएको
  • अस्पताल भर्ना भएका राष्ट्रपति डिस्चार्ज

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 719 पटक पढिएको
  • शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो।  शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 663 पटक पढिएको
  • भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ ।भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।संगठनका अध्यक्ष इन्द्र तामाङद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेर संविधानमा उल्लेखित नागरिकका मौलिक हक खण्ठित गरेको छ । उक्त निर्णय सरकारको पूँजीवादी प्रवृत्तिको प्रतिबिम्ब हो र यो भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बस्तीमा बसोबास गर्ने करिब १२ लाख नागरिकमाथिको विभेदकारी र अम

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 450 पटक पढिएको
  • दुर्गा प्रसाईँद्वारा आकस्मिक बैठक आह्वान

    काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशको वर्तमान राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै आकस्मिक बैठक बोलाएका छन्। प्रसाईँले आगामी असोज ३० गते बिहीबार बिहान ११ बजे भक्तपुरस्थित आफ्नै निवासमा बैठक आह्वान गरेका हुन्।सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रसाईँले देश हाल इतिहासकै कमजोर र अस्तित्व सङ्कटको अवस्थामा पुगेको दाबी गरेका छन्। उनले सिंहदरबार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचना नै धरापमा परेको भन्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीको मनोबल कमजोर पारिएको टिप्पणी गरेका छन्।यस्तो संवेदनशील राजनीतिक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 567 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.