राजनीति

    Showing 3,961-3,970 of 9,601 items.
  • विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिन आवश्यक छ :सांसद खान

    काठमाडौं – जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्  ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए । उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् । ‘प्रत्येक बर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन  ओली २

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 451 पटक पढिएको
  • सार्वजनिक लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद

    काठमाडौं – बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया र यसमा उठेका विवादका विषयमा गम्भीर छलफल भएको छ । बैठकमा आयोजनामा देखिएको ढिलाइ, ठेक्का प्रक्रियामा देखिएको अनियमितताबारे छलफल भएको हो ।नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको बताउँदै निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन जोड दिए । उनले भने, ‘जगदुल्लाको कुरा के हो भने हामीले एक वर्ष ढिला गर्दा ३ अर्ब ७५ करोड गुमाइरहेका छौं । १८ महिनामा त्यो भन्दा बढी घाटा भइसक्यो । आज बैंकमा पैस

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 481 पटक पढिएको
  • ‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

    काठमाडौं – आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए । उनले भने, ‘तराई मधेशमा खानेपानीको हाहाकार छ । अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन् । सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन् । म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होईन् । खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु । सरकारक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 314 पटक पढिएको
  • कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ :अध्यक्ष लिङदेन

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति  रहेको बताए ।  उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।उनले आफ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 354 पटक पढिएको
  • किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अनुभुति भयोः उषाकिरण

    काठमाडौं, ७ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नबिकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले यसअघि नै नविकरण भइसकेको पुर्व राष्ट्रपति भण्डारीकाे सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालवाट यस्ताे टिप्पणी गरेकी हुन् ।  ‘तपाईहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन्। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनल

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 261 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले बहिस्कार गरेका हुन् । भजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले बैठक बहिस्कार गर्दै आइरहेका छन् । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 327 पटक पढिएको
  • भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउन बाध्य छौं : सांसद कंसाकार

    काठमाडौं – राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा उनले टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होईन, ठोस पहल नै नगरिएको बताईन् ।उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताईन् ।  उनले भनिन्, ‘टिभिको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 302 पटक पढिएको
  • मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं –  मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो ।मधेश प्रदेश सरकारले मंगलबार (हिजो) संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । म

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 291 पटक पढिएको
  • प्रधानमन्त्रीको संसदमा गरिने विशेष सम्बोधन सर्‍यो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।‘आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ ।  प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 449 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

    काठमाडौं— साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने, गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 611 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.