राजनीति

    Showing 31-40 of 7,597 items.
  • मेयरबाट बालेनले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं— रास्वपाबाट राजनीति थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् ।उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा५ मा निर्वाचन लड्दै छन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 345 पटक पढिएको
  • एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

    बाजुरा— नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 339 पटक पढिएको
  • पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने

    दोलखा— आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ ।दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ ।पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो । स्थानीय समस्यालाई केन्द्रसम्म पु¥याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उनको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 347 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका कार्यकर्ताको माइतीघरमा प्रदर्शन

    काठमाडौं— निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरू आन्दोलित भएका छन्। आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका कार्यकर्ताहरूले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले ‘संविधानको मर्म मार्न पाइँदैन’, ‘विधिको शासन कायम गर’, ‘अवैधानिक निर्णय फिर्ता गर’, ‘कानूनी राज्यको सम्मान गर’ जस्ता नाराहरू लगाएका थिए। साथै ‘लोकतन्त्र मास्न पाइँदैन’ र ‘आयोगको पाराले सारा दुख पायो’ भन्ने नाराहरू पनि आन्दोलनमा गुन्जिएका थिए।आन्दोलनकारीहरूले निर्वाचन आयोगको निर्णयले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रहार गरेको आरोप लगाउँदै निर्णय

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 350 पटक पढिएको
  • निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं :पूर्णबहादुर खड्का

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।निर्वाचन आयोगको निर्णय संविधान, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐन तथा नेपाली कांग्रेसको विधानविपरीत भएको दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आज रिट दर्ता गराएका हुन् ।उनीहरूले आयोगको निर्णयका कारण पार्टीको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुन नपाउने अवस्था सिर्जना हुन सक्ने बताएका छन् । कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगले एकलौटी र कानुनविपरीत निर्णय गरेको आरोप लगाए । उनले भने, ‘निर्वाचन आयोगले संविधान, कानुन, राजनीतिक दल

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 44 पटक पढिएको
  • राष्ट्रिय सभाबाट तीन जनाले राजीनामा दिए

    काठमाडौं— राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 332 पटक पढिएको
  • निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका कांग्रेस नेता सर्वोच्चमा

    काठमाडौं— नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 391 पटक पढिएको
  • प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

    काठमाडौं— नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुंगा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् ।यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ ।एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ ।एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 331 पटक पढिएको
  • आज पदबाट राजीनामा दिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने तयारीमा छन्। उनका सचिवालयले जनाएअनुसार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्।राजीनामा दिएपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अघि बढ्नेछन्। निर्वाचन आयोगले मनोनयन दर्ता माघ ६ गते तोकेको छ।राजीनामा पछि बालेन शाह भोलि पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय गरिएको छ। त्यहाँ रास्वपा मधेस प्रदेश कमिटीले विस्तारित भेला राखेको छ, जसमा प्रदेश र आठवटै जिल्ला समितिका पदाधिकारी र सभापतिहरू सहभागी हुनेछन्।सभामा बालेन शाहको प

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 364 पटक पढिएको
  • आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुँदै

    काठमाडौं— आजबाट राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु हुने भएको छ ।जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अधिवेशन सञ्चालन गर्न लागिएको हो ।राष्ट्रिय सभा बैठक आज बिहान ११ बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए ।अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१०

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 329 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा