राजनीति

    Showing 4,041-4,050 of 10,435 items.
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो । 

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 557 पटक पढिएको
  • राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।  नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 536 पटक पढिएको
  • नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको होः कमल थापा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताएका हुन् ।उनले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गरे ।उनले भने ‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यव

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 766 पटक पढिएको
  • कात्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधिक हुने, १८ वर्ष पुग्ने सबैलाई मतदानको अधिकार

    काठमाडौं— निर्वाचन आयोगले कात्तिक मसान्तसम्म देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ।बिहीबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोग सक्रिय भएको हो।यस अन्तर्गत आगामी फागुन २० गतेभित्र १८ वर्ष पूरा गर्ने सबै नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था मिलाइएको छ। आयोगका अनुसार हाल १६ वर्ष उमेर पुगेका र नागरिकता प्राप्त गरेका नेपाली नागरिकले पनि नामावलीमा दर्ता गर्न सक्नेछन्। यसको लागि उनीहरूले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क ग

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 573 पटक पढिएको
  • डा भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

    काठमाडौँ, ९ असोज : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गर्नुभयो ।   डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 354 पटक पढिएको
  • ललितपुर–१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा

    काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् । नागरिक पहिलो अभियानका अभियान्ता समेत रहेका महतले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर उनले गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलन

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 378 पटक पढिएको
  • भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश स्वीकृत

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेनजी आन्दोलनको क्रममा देशमा ठूलो धनजनको क्षति भएको भन्दै त्यसको पुनःनिर्माण गर्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले असोज ५ गते गरेको निर्णय अनुसार भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन आदेश २०८२ स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ । उक्त

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 406 पटक पढिएको
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 320 पटक पढिएको
  • नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए । उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भ

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 366 पटक पढिएको
  • सुदन किरातीको प्रश्नः जेनजी आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?

    काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्,जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 697 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.