राजनीति

    Showing 4,091-4,100 of 7,711 items.
  • एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

    झापा / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न चौधरी आज बिहान बालकोट पुगेका थिए ।भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा रेशमलाई अन्याय भएको बताएको रेशमको भनाइ छ । सो क्रममा ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए । उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के- कस्ता यातना दिएको थियो भन्ने कुरा स्मरण गरेको चौधरीले बताए । गणतन्त्र दिवसमा रा

    • प्रकाशित मितिः असार ४, २०८०
    • 174 पटक पढिएको
  • वामदेव गौतम एमालेमा जान तयार

    काठमाडौं / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा जान तयार भएका छन् । आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुन् । “म पार्टी एकताका लागि तयार छु । मलाई तपाईं पछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे भने, “अरु साथीहरूको सम्मानजनक व्यवस्था हुनुपर्छ ।”

    • प्रकाशित मितिः असार ३, २०८०
    • 283 पटक पढिएको
  • अनेरास्ववियु झापा अध्यक्षमा गिरी

    बिर्तामोड / नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो ।  त्यस्तै कमिटीको उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् ।सचिवमा बालचन्द्र कार्की , सह- सचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • 222 पटक पढिएको
  • अदालतको आदेशसँगै टोपबहादुरको सांसद पद निलम्बन

    काठमाडौं । नेकपा (एमाले) का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो ।प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ ।नेकपा एमालेले भने यसअघि नै सचिव पदबाट टोपबहादुरलाई निलम्बन गरिसकेको थियो ।

    • प्रकाशित मितिः असार २, २०८०
    • 308 पटक पढिएको
  • शुक्रबार समाजवादी केन्द्र घाेषणा

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरले केही वामपन्थी दलको समन्वयमा आगामी असार १ गते समाजवादी केन्द्र घोषणा गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समाजवादी प्रेस सङ्गठन नेपालको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आज आयोजित कार्यक्रममा उनले अहिले केन्द्रमा आबद्ध आफ्नो पार्टीलगायतका दलहरूबीच कार्यगत एकता गरिने जानकारी दिए ।पार्टी कार्यालयमा सचिवसमेत रहनुभएका नेता तुलाधरले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन केन्द्रको महत्व हुने उल्लेख गर्दै तुलाधरले केन्द्रमा रहने दलबीच लामो गृहकार्

    • प्रकाशित मितिः असार १, २०८०
    • 177 पटक पढिएको
  • अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ

    काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 263 पटक पढिएको
  • संसद भवन अगाडि नेविसंघको प्रदर्शन

    काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ ।बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 242 पटक पढिएको
  • प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

    काठमाडौं । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् ।सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राख्नुभएको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 211 पटक पढिएको
  • कोशी प्रदेश सभा बैठक बोलाइयो

    विराटनगर । अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ।माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट पेस हुने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिर

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 208 पटक पढिएको
  • नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएपछि देशमा आर्थिक संकट भयोः प्रभू साह

    काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्‍याएको हुनाले नेपालमा आर्थिक संकट आएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए। उनले भने,व्यापारीहरु राजस्व छली गरिरहेका छन्,पैसा थुपारिरहेका छन्। कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन्।नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरेका छन्। भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन्। भएक

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 305 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा