राजनीति

    Showing 4,131-4,140 of 7,711 items.
  • शनिबार कर्णालीमा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिँदै

    काठमाण्डौ   ।    पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् ।शनिबार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन्।पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 146 पटक पढिएको
  • रेशम चौधरीलाई माफी दिने सरकारको तयारी, जनमोर्चाको आपत्ती

    कोशी   ।   सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ।२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्याइएको छ।हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन्। र, उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बन

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 499 पटक पढिएको
  • प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफनो धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 222 पटक पढिएको
  • रास्वपा सांसद रवि लामिछाने विरुद्ध सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् । रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 200 पटक पढिएको
  • नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी

    काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रमा माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ।राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।स

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 244 पटक पढिएको
  • एमाले अध्यक्ष ओली आज संसदमा बोल्दै

    झापा   ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीको सचिवालयले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको बताएको छ। ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 194 पटक पढिएको
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै प्रदर्शनमा एकीकृत समाजवादी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा केन्द्रीय मोर्चा संगठन विभागले प्रदर्शन गरेको हो ।समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 187 पटक पढिएको
  • भ्रष्टाचारी विरुद्ध सबै एकजुट हुनुपर्ने: राप्रपा अध्यक्ष लिंदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उनले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उनले जोड दिए ।अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 184 पटक पढिएको
  • क्यान्टोनमेन्ट भ्रष्टाचारमा दोषी ठहरिए जेल जान तयार: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोनमेन्टमा घोटाला भएको भन्ने आरोपका लागि आरोप मात्रै भएको बताएका छन्।बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै रूजु भइसकेको विषयलाई राजनीतिक पूर्वाग्रहहको रूपमा उठाउने गरिएको भन्दै आश्चार्यमा परेको बताएका छन ।क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकमको अडिट रेकर्ड रहेको उनले जानकारी दिए । क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही रहेको भन्दै उनले छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्य

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 289 पटक पढिएको
  • एमालेको नया नारा युवालाई ३३ प्रतिशत स्थान

    काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा अब ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् । अनेरास्ववियुको आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताएका हुन् ।पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो। अब समाज बदल्ने युवाले हो  नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 271 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा