धनुषा // नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।सोमबार धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा बसेको प्रदेश संगठन कमिटी बैठकले सो निर्णय गरेको हो। संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरेसँगै सरकारमा सहभागी हुने निर्णय गरिएको पार्टीका प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतसँग सरकारमा सहभागिताका लागि पहल गर्ने जिम्मेवारीसमेत दलका नेता महतोलाई दिइएको उनले बताएका छन्।
बिर्तामोड / नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालाई फरक क्षमता भएका नेताका रुपमा लिने गरिएको छ । माओवादी सरकारमा पुगेका बेला कुनै न कुनै रुपमा उनले जिम्मेवारी पाउने गरेका छन् । विगतमा ओली नेतृत्वको सरकारमा जान पटक पटक अस्वीकार गरेका शर्माले यतिबेला मुलुकको बिग्रेको अर्थतन्त्र सम्हाल्ने उद्देश्य सहित अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।शर्माले यसअघिको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याएका छन् । पुरानो बजेटको आकार र वैदेशिक ऋणलाई केही घटाएर शर्माले ल्याएको बजेटको सर्वत्र स्वागत भइरहेको छ । विपक्षीले चुनाव लक्षित भन्दै नयाँ बजेटको आलोचना गरेपनि अर्थतन
बिर्तामोड / एमाले भित्रको विवाद अनि गुटको लडाइमा सधैँ माधव कुमार नेपालको पक्षमा रहेका १० शीर्ष नेताले पार्टी विभाजनको समयमा एमालेमा नै बस्ने निर्णय गरेका थिए । एमालेभित्रको तेस्रो धारका नाममा अध्यक्ष केपी शर्मा ओली पक्षसँग १० बुँदे सहमति गरी एमालेमा नै बस्न तयार भएका नेता यतिबेला समस्यामा परेका छन् ।माधव नेपाललाई नयाँ दल निर्माणका लागि उक्साउँदै आएका उनीहरूले अन्तिम समयमा नेपालको साथ छाडेर एमालेमा नै ओली सँगै बस्न तयार भएका थिए । उनीहरूलाई ओलीले भूमिका विहीन बनाउन थालेपछि यतिबेला उनीहरु समस्यामा परेका हुन् ।विगतमा एमालेमा रहेको आफ्नो भूमिका र जिम्मेवारी फर्काउनका लागि उनीहरु ओली निवास धाईरहेका
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ । आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन् । उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए । आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र स
काठमाडौँ / सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो ।न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ लागि पेशी तोकिएपनि समय अभावले हेर्न नभ्याइने सूचीमा राखिएको हो । यही भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त विवादमा अन्तरिम आ
बिर्तामोड / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा काठमाडौँमा प्रदर्शन गरेका छन् । विप्लव समूहले एमसीसी नेपालको हितमा नरहेको भन्दै यसको खारेजीको माग राखी सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरको हो । विरोध प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेताहरू खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरू पनि सहभागी भएका छन् ।सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।उक्
काठमाडौँ / गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । मन्त्रालयको सो निर्देशनपछि सङ्घको आगामी अक्टोबर २३–२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको छ । विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी सङ्घका तीन सदस्यले मन्त्रालयमा निवेदन दिएपछि त्यसको अनुगमन गर्न मन्त्रालयको नीति योजना विकास क
बिर्तामोड / नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलकाे नेता चयन गरेको हो । भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र आजै प्रदेशसभा सचिवालयमा पठाउने तयारी रहेको समाजवादीका सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा दश जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । एकीकृत समाजवादीमा सनाखत गर्नेमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, क
काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ । सर्वदलीय छलफल संसद्मा जारी गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण ग
रौतहट //अनेरास्ववियू( क्रान्तिकारी ) प्रथम चन्द्रपुर नगर सम्मेलनले ३५ सदस्यीय नगर कमिटी बनाएको छ ।चन्द्रपुरस्थित जनज्योती बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको प्रथम चन्द्रपुर नगर सम्मेलनले ३५ सदस्यीय नगर कमिटि बनाएको हो। उपाध्यक्षमा दरिमाया योन्जन र नितेस कुश्वाहा चयन भएका छन्। त्यसैगरी सचिवमा दिपेश बछार , सह-सचिवमा बिजय मोक्तान , कोषाध्यक्षमा डोलमाया योन्जन सहित ३५ सदस्य चयन भएको बताइएको छ। उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादीका नेता तथा केन्द्रिय सदस्य चेत बोलखेले संयुक्त गठबन्धनको सरकारमा माओवादी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.