सङ्खुवासभा— राष्ट्रपति रामचन्द्र पौडेल आज मादी माध्यामिक विद्यालयको हीरक महोत्सव (६०औं वार्षिकोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन खाँदबारी आइपुगेका छन्।
वि.सं. २००७ सालमा स्थापना भएको मादी माध्यामिक विद्यालयले पूर्वी नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयको योगदानको सम्मानस्वरूप आयोजित महोत्सवमा राष्ट्रपति पौडेलको उपस्थिति स्थानीयहरूका लागि गर्वको विषय बनेको छ।
राष्ट्रपतिलाई खाँदबारीमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, र विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी सहित विद्यालय परिवारले स्वागत गरेका थिए।
कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेलले विद्यालय प्रांगणमा निर्माण गरिएको ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यसूची रहेको छ। अहिले विशेष समारोह जारी छ भने विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको छ।