राजनीति

    Showing 4,671-4,680 of 10,435 items.
  • आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

    काठमाडौं –  आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । साथै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 355 पटक पढिएको
  • मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

    मकवानपुर –  बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 515 पटक पढिएको
  • राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

    काठमाडौं  – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 603 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

    काठमाडौं । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए ।‘दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो’ उनले भने, ‘यस्तो आदेशले विधिको शासनलाई प्रवर्द्धन गर्दैन भन्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 305 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न, सरकारको आलोचना गर्दै २६ बुँदे निर्णय गर्यो

    काठमाण्डौ  । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले चार दिनसम्म बसेको स्थायी समिति बैठकबाट २६ बुँदे निर्णय गर्दै सरकारको कडा आलोचना गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन्।माओवादी केन्द्रले नेपाली कांग्रेस–एमाले नेतृत्वको सरकार जनअपेक्षा विपरीत काम गरिरहेको, सहकारी ठगीमा आफ्ना नेताहरूलाई जोगाउने, विद्युत आपूर्ति व्यवस्थित गर्न नसक्ने, शिक्षा विधेयकमा ढिलाइ गर्ने, विश्वविद्यालयमा हस्तक्षेप गर्ने, र दलालसँग मिलेको आरोप लगाएको छ।पार्टीले चाँडै केन्द्रीय समिति बैठक आयोजना गर्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 423 पटक पढिएको
  • उच्च अदालत पाटनको आदेशमा दुर्गा प्रसाईंलाई रिहा गर्ने

    काठमाण्डौ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,762 पटक पढिएको
  • तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

    तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 591 पटक पढिएको
  • बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण गराउँदै भने ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देश हौं, अब यसलाई सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’हिमाली बौद्ध परम्परालाई उनले अघि बढाउनु मात्रै होइन, त्यसको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गर

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 472 पटक पढिएको
  • घुस लिएपछि मर्चवारीका वडा अध्यक्षसहित दुई जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको  मर्चवारी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर गरेको छ ।अख्तियारले वडा अध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।वडा अध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 642 पटक पढिएको
  • प्रचण्डले भने – पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छाैँ

    काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् । स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 674 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.