राजनीति

    Showing 4,671-4,680 of 5,354 items.
  • एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन् । पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 39 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफललाई बैठकमा निरन्तरता दिइरहेको हो ।बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका थिए । ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 67 पटक पढिएको
  • देउवासँग मधेशका मुद्दा सम्बोधन गर्न ठाकुरको आग्रह

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।देउवासँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत ल

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 148 पटक पढिएको
  • जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

    काठमाडौ / जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पारित भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको विधान सर्वसम्मतिले पारित गरेको हो ।बैकठमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने बैठकले निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको उपेन्द्र पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ ।जसपाको महन्थ ठाकुर राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 58 पटक पढिएको
  • विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

    काठमाडौँ / मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता । मिति २०७८ साउन ५ गते

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 47 पटक पढिएको
  • ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने तयारी

    काठमाडौँ / केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने तयारी भइरहेको छ । संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो ।गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 71 पटक पढिएको
  • नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरु बीचको छलफल बढ्दै गएको छ ।यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 77 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

    काठमाडौँ / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 38 पटक पढिएको
  • माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण

    काठमाडौँ / नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदलाई  कारवाही गर्ने  जनाएको हो ।एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपाल सहितका सांसदले पार्टी विधिविधान र निर्णय विरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 67 पटक पढिएको
  • काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल

    काठमाडौँ / नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गरेका हुन् । सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९० बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोख्रेल रहेका छन् ।

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 66 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा