राजनीति

    Showing 4,681-4,690 of 6,719 items.
  • माओवादीको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा जारी

    काठमाडौं  / नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक  राष्ट्रियसभा गृहमा जारी छ । झण्डै साढे दुई घण्टा ढिलोगरी बैठक सुरु भएको हो ।गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको हो । आजको बैठकमा एमसीसी बाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाएपछि मतभेद उत्पन्न भएको छ । बैठकमा नेता श्रेष्ठले एमसीसीबारे लिखित रूपमै फरकमत दर्ता गर्ने तयारीमा छन् ।

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 66 पटक पढिएको
  • कांग्रेस पर्साको सभापतिमा जनार्दन क्षेत्री निर्वाचित

    चितवन / नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गरेका छन् ।यता, चितवनमा पनि नयाँ नेतृत्व चयन गर्न आज मतदान भईरहेको छ । जिल्ला निर्वाचन समिति संयोजक ज्ञानेन्द्र प्रसाद अधिकारीका अनुसार एक जना सभापतिका लागि पाँच जनाले उमेदवारी दिएका छन् । पार्टीको संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा निकटका मिलनबाबु श्रेष्ठ र सं

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 45 पटक पढिएको
  • आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । राष्ट्रिय सभा गृहमा १२ बजेदेखि बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो । कार्यालय सचिव ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको र केही दिन लम्बिन सक्नेछ ।आज बस्ने बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्ने उनको भनाइ छ । संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टिभित्र मतभेद देखिएको छ । सम्भवतः यस विष

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 50 पटक पढिएको
  • स्थानीय निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आह्वान

    काठमाडौं / निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेको छ ।देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानम

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 53 पटक पढिएको
  • सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै

    काठमाडौं / सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उनले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो ।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले कामु-प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लागेका हुन् । कामु-प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 50 पटक पढिएको
  • माओवादी केन्द्र झापाको नेतृत्व चयन

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 36 पटक पढिएको
  • कांग्रेस पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

    काठमाडौं / नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा जारी छ । बैठक कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि बसेको हो । पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ । बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माको भनाई छ ।बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा उपस्थित रहेका छन् भने सह-महामन्त्री उमाकान्त चौधरी उपस्थित छैनन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 60 पटक पढिएको
  • विप्लव, प्रकाण्ड र भीम रावलबीच भेटवार्ता

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् । नेता रावलसँग भेट्न विप्लव र प्रकाण्ड बिहीबार बिहान रावलको निवास पुगेका हुन् । विप्लवको सचिवालयका अनुसार भेटमा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको छ । यसअघि बुधबार ‘विप्लव’ले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेसँग भेटवार्ता गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 72 पटक पढिएको
  • एमसिसी योजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताएका छन् ।उनले एमसिसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसिसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गरेका हुन्। मन्त्री कार्कीले संस

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 63 पटक पढिएको
  • प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता

    काठमाडौं  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचमा भेटवार्ता भएको छ ।संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यस क्रममा उनले पूर्व एकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा जारी राखेका छन् ।बुधबार दिनभर पूर्व एकता केन्द्र र जनमोर्चा निकट नेताहरूबीच छलफल भएको थियो । पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।त्यस लगत्तै आज (बिहीबा

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 66 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा