राजनीति

    Showing 4,691-4,700 of 10,435 items.
  • संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाण्डौ  ।  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 370 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा आज साँझ पदबाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेका हुन्।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले लामाले पत्रकार सम्मेलनमार्फत राजीनामा दिने जानकारी दिएका छन्। कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तन भएपछि लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मार्गप्रशस्त गर्न लागेका हुन्।१४ साउनमा भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछ

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 649 पटक पढिएको
  • देउवाजीले अब सभापति पदमा लड्नुहुन्न: जीवन परियार

    नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका छन्।पार्टीको विधानमा लगातार दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने व्यवस्थाका कारण देउवाले पद छोड्ने उनले स्पष्ट पारे। साथै, उनले पार्टीको महाधिवेशन निर्धारित समयभन्दा एक वर्ष पछि सर्ने समेत खुलासा गरे।शनिबार भक्तपुरमा आयोजित नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री परियारले उक्त कुरा बताएका हुन्।‘पार्टीको विधानमा लगातार दुई पटकसम्म मात्रै सभापति हुन पाउने व्यवस्था छ। सभापतिज्यू आफैँले पनि यो कुरा सार्वजनिक रूपमै भनिसक

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 630 पटक पढिएको
  • मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् बैठक बोलाए, आजै राजीनामा दिने तयारी

    मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।एक मन्त्रीका अनुसार मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले पदबाट राजीनामा दिने निर्णय लिएको स्रोतले जनाएको छ।त्यही सन्दर्भमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न राजनीतिक दल, कर्मचारी तथा निकायहरूलाई धन्यवाद दिनेछन्।बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने तयारी गरेको ती मन्त्रीले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 759 पटक पढिएको
  • रास्वपाको मधेस प्रदेश बैठक बर्दिबासमा

    महोत्तरी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। बैठकमा पार्टीको जिल्लागत प्रगति विवरण, पदपूर्ति प्रक्रिया, संगठन सबलीकरण अभियान, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा प्रस्तावित राजनीतिक यात्रा तथा बारा र सप्तरी जिल्लासम्बन्धी गुनासोहरूमाथि विस्तृत छलफल गरिएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।बैठकमा रास्वपाका कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। त्यस्तै, मधेस प्रदेश इन्चार्ज, प्रवक्ता एवं सांसद मनिष झा, सांसद प्राडा। चन्दा कार्की, केन्द्रीय सदस्य डा। नन

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 654 पटक पढिएको
  • आज बालकृष्ण खाँण, टोबहादुर रायमाझीसहितको मुद्दा पेसीमा

     काठमाडौं— नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा छ ।मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोप लागेकामध्ये तत्कालीन उपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहित केहीमात्र थुनामा छन् ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 750 पटक पढिएको
  • नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिमा नयाँ नेतृत्व

    काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट निर्वाचित भएका छन् ।सचिवमा सन्तोष खडायत र सुरज बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा उर्मिला धामी (अनुस्का) निर्वाचित भएकी छिन्&n

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,611 पटक पढिएको
  • दुईवटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची

    काठमाडौं – आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ ।आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठके बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।साथै समितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।त्यसैगरी सार्वजनिक नीति

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 478 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

    काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् । 

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 338 पटक पढिएको
  • नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।’ त्यस्तै उनले प्रतिक्रियावाद

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 665 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.