राजनीति

    Showing ५३१-५४० of १०,४६४ items.
  • १८ वर्षमुनिका ३५ हजार सदस्यको विवादमा रास्वपाको स्पष्टिकरण– ‘प्रतिवेदनमा प्राविधिक त्रुटि भयो’

    काठमाडौं । १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाएको विषयमा उठेको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो आधिकारिक जवाफ पठाएको छ।रास्वपाले आयोगलाई पठाएको स्पष्टीकरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन फाराममा संकलित विवरणका आधारमा प्रतिवेदनमा परेको जनाएको छ। उक्त संख्या भूलवश सदस्यता विवरणका रूपमा समावेश भएको र त्यसलाई वास्तविक पार्टी सदस्यता मान्न नमिल्ने पार्टीको दाबी छ।मानव अधिकार आयोगले संविधान तथा बालअधिकारसम्बन्धी कानुनविपरीत बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २८१ पटक पढिएको
  • फाजिल कर्मचारी अब खाली कार्यालयमा, सरकारको नयाँ व्यवस्थापन अभियान सुरु

    काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ निर्णय गर्दै दरबन्दी समायोजनपछि फाजिलमा रहने कर्मचारीलाई आवश्यकताअनुसार संघ, प्रदेश र स्थानीय तहमा खटाउने भएको छ। लामो समयदेखि जनशक्ति अभाव भएका कार्यालयमा कर्मचारी पठाएर सेवा प्रवाह सुधार्ने लक्ष्य सरकारको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट स्वीकृत हुने नयाँ दरबन्दीअनुसार कर्मचारी मिलान गर्ने र अतिरिक्त हुने जनशक्तिलाई आवश्यक कार्यालयमा पठाउने निर्णय गरेको हो।बैठकले मालपोत र नापीसम्बन्धी सेवालाई क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११६ पटक पढिएको
  • धनकुटामा नेकपाले टुंग्यायो जिल्ला एकता, २५१ सदस्यीय समिति घोषणा

    काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाले गठन भएको करिब नौ महिनापछि धनकुटा जिल्लामा पार्टीको संगठनात्मक एकता टुंग्याएको छ। जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत २५१ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पार्टीले स्थानीय तहसम्म संगठन विस्तारको अभियानलाई अघि बढाएको हो। नवगठित समितिको संयोजकमा कुसुम कुमारी श्रेष्ठ चयन भएकी छन् भने डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला सहसंयोजक बनेका छन्। जिल्ला समितिलाई पूर्णता दिएसँगै लामो समयदेखि रोकिएको संगठनात्मक एकता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ। अब स्थानीय तहसम्म संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण र जनपरिचालनलाई तीव्र बनाइने

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १८७ पटक पढिएको
  • ६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन

    काठमाडौं । सरकारले देशका ६६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि अन्तिमपटक निवेदन दिन आह्वान गरेको छ।राष्ट्रिय भूमि आयोगअन्तर्गत गठन भएका भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले सूचना जारी गर्दै निवेदन मागेका हुन्।आयोगका अनुसार सम्बन्धित ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचाबमोजिमको निवेदन फाराम भरी साउन ४ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।निवेदन सम्बन्धित स्थानीय तहले वडास्तरमा त

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११७ पटक पढिएको
  • ३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन

    काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के ग¥यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १९० पटक पढिएको
  • तीन वटा संसदीको समितिको बैठक बस्दै

    काठमाडौं— तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ । सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ४३५ पटक पढिएको
  • प्रदेश सरकारको चाबी नेकपासँग, प्रचण्डको निर्णयअघि माधवसँग निर्णायक संवाद

    काठमाडौं । प्रदेश सरकारको सत्ता समीकरण फेरि एकपटक तरंगित बनेको छ। कांग्रेस–एमालेबीचको सहकार्य केही प्रदेशमा टुट्न थालेपछि नयाँ समीकरणको केन्द्रमा नेकपा देखिएको छ। तर, नेकपाले भने तत्काल सत्ता यात्रामा होमिनेभन्दा पहिले राजनीतिक अवस्था स्पष्ट हुने प्रतीक्षामा रहने संकेत दिएको छ।श्रीलंका भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब प्रदेश सरकारबारे औपचारिक छलफल अघि बढाउने तयारी गरेका छन्। त्यसअघि उनी सहसंयोजक माधवकुमार नेपालसँग परामर्शमा बस्नेछन्। यही छलफलपछि मात्रै कांग्रेस, एमालेलगायत अन्य दलसँग सम्भावित सहकार्यबारे निर्णय हुने नेताहरूको भनाइ छ।नेकपा प्रवक्ता प्र

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२५ पटक पढिएको
  • प्रत्यक्ष चुनावबाट समावेशी संसद् बनाउन गगन थापाको नयाँ प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान मिश्रित निर्वाचन प्रणालीबारे पुनः बहस आवश्यक रहेको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै समावेशी संसद् निर्माण गर्ने विकल्पमा राष्ट्रिय छलफल गर्न प्रस्ताव गरेका छन्।पोखरामा आयोजित कार्यक्रममा बोल्दै थापाले समावेशिता लोकतन्त्रको आधारभूत मूल्य भएकाले त्यसलाई कुनै पनि रूपमा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। उनका अनुसार दलित, महिला, जनजातिलगायत उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचन क्षेत्रमा निश्चित सिट वा क्षेत्र आरक्षण जस्ता विकल्पमाथि पनि खुला बहस हुन सक्छ।थापाले संविधान संशोधनका क्रममा सुशासन,

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ११५ पटक पढिएको
  • यो सरकार हत्या,हिंसा र आगजनीको जगमा बनेको हो :ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान बालेन नेतृत्वको सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्दै यसको गठन हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको पृष्ठभूमिमा भएको आरोप लगाएका छन्।पार्टीको संसदीय मामिला विभागले आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले अहिलेको राजनीतिक अवस्था दिशाविहीन, विधिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधानले स्पष्ट कानुनी प्रक्रिया तय गरेको भए पनि अहिलेको सरकार त्यही प्रक्रियाबाट नभई अराजक गतिविधिको वातावरणबाट बनेको उनको दाबी थियो।ओलीले मुलुकको राजनीति अहिले स्

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १३६ पटक पढिएको
  • राष्ट्र बैंक ऐन संशोधनमा सांसदहरूको बाढी, ७७ प्रस्तावले बदलिन सक्छ बैंकिङको भविष्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकलाई प्रविधिमैत्री, पारदर्शी र समावेशी बनाउने उद्देश्यसहित प्रतिनिधि सभामा विचाराधीन नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३ माथि १८ जना सांसदले ७७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार सबै संशोधनलाई स्वीकृति दिएका छन्।संशोधन प्रस्तावहरूमा विशेषगरी डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा ९ऋद्यम्ऋ०, क्रिप्टोकरेन्सी नियमन, साइबर सुरक्षा, महिला प्रतिनिधित्व, गभर्नरको कार्यकाल र सञ्चालकहरूको योग्यता जस्ता विषयलाई प्राथमिकता दिइएको छ।डिजिटल वित्तीय प्रणालीलाई कानुनी आधार दिन सांसदहरूले ‘डिजिटल बैंक’ को स्पष्ट परिभाषा रा

    • प्रकाशित मितिः साउन ३, २०८३
    • १२४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.