राजनीति

    Showing 5,401-5,410 of 7,743 items.
  • स्थानीय तह निर्वाचन : मेयर बन्न सात जना प्रदेश सांसदले दिए राजिनामा

    झापा / आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिनका लागि सात जना सांसदले पदबाट राजिनामा दिएका छन् । १ नम्बर प्रदेशबाट एमालेका २ जना, बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपाका र कांग्रेसका गरी २ जना,  र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रबाट १ जना सांसदले राजीनामा दिएका हुन् । १ नम्बर प्रदेशबाट एमालेका दुई सांसद इलाम १ (२) बाट निर्वाचित काजीमान कागते र झापा १ (२) बाट निर्वाचित गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका १ नम्बर प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । एमालेले कागतेलाई इलामको सूर्योदय नगरपालिकाको प्रमुख र बुढाथ

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 207 पटक पढिएको
  • मेयरका आकांक्षी थापाले गरे कांग्रेस परित्याग

    बिर्तामोड / स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेताले सत्तामा पुग्नका लागि पार्टी परित्याग गर्ने क्रममा नेपाली कांग्रेसका नेता शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् ।  कनकाई नगरपालिकामा मेयरको आकांक्षी रहेका नेता थापाले आफूलाई पार्टीले टिकट नदिएपछि पार्टी परित्याग गरेको बताउँदै पार्टी परित्याग गरेका हुन् ।  थापाले सामाजिक सञ्जालमा फेसबुकमार्फत नेपाली कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्  ।  पार्टीेले टिकट नदिएको आरोप लगाउदै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै राजीनामा दिएका हुन ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 236 पटक पढिएको
  • अख्तियारद्वारा एकै दिन १ सय ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ  / अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगले एकै दिन एक सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अयोगले कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिअन्तर्गत रहेको  जग्गा  गैरकानुनी  रूपमा व्यक्तिको नाममा जग्गा सार्ने काममा संलग्न  समितिका  तत्कालीन  अध्यक्षसहित एक सय ११ जनाविरुद्ध हिजो (आइतबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो ।आयोगले समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका  तत्कालीन  प्रमुखहरू  कृष्णकुमार  निरौला, विसनसिंह थापा, नापी कार्यालयका तत्कालीन प्रमुखहरू

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 135 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले दिए राजिनामा

    बिर्तामोड / बुद्धशान्ति गाउँपालिकामा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र एमाले बुद्धशान्ति इन्चार्ज योगकुमारी पराजुलीले पदबाट राजिनामा दिएका छन् ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता गराउने अन्तिम दिन आज हो । यसअघि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष सहित दर्जन बढी जनप्रतिनिधिहरूले राजिनामा दिइसकेका छन् ।अध्यक्ष भुजेलले केहि दिन अघि नेपाली काङ्ग्रेसको आन्तरिक उम्मेदवार छनौटमा नाम नपरेसँगै उनी असन्तुष्ट जनाउँदै आएका थिए । उनीले स्वतन्त्र रूपमा अध्यक्ष पदमा चुनाब लड्ने वा अन्य कुनै पार्टीबाटै अध्यक्ष पदमा चुनाब लड्ने छलफल चलिरहेको छ । यता नेकपा एमाले बुद्धशान्तिकी इन

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 323 पटक पढिएको
  • एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्की उम्मेदवार

    विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंग्याएको छ । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीको बैठकले महानगरको प्रमुखका लागि सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् भने कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । थापा मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशक यता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गुरु बराल, जीवन घिमिरे, पर्शुर

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 140 पटक पढिएको
  • राप्रपाका जिल्ला सदस्य आचार्यसहित ६० जना एमाले प्रवेश

    बिर्तामोड / राप्रपाका जिल्ला सदस्य सुशील आचार्य नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार काँकरभिट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा आचार्यलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइरालाले अबिर लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । मेचीनगरमा आचार्यसहित ६० जनाले राप्रपा त्यागेर एमाले प्रवेश गरेका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, एमाले नगर अध्यक्ष राजु पोखरेल लगायतको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 245 पटक पढिएको
  • जसपा छाडेर यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी

    विराटनगर / जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। आइतबार मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।  यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट विराटनगरको मेयरका उम्मेदवार थिए। उनले अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए। जसपाबाट विराटनगरको मेयरमा उम्मेदवारी दिने आकांक्षा राख्दै आए पनि ५ दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा  विराटनगरमा जसपाको भागमा उपमेयर मात्रै परेको छ।यादवको नाम जसपाको तर्फबाट पनि विराटनगरको उ

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 129 पटक पढिएको
  • माओवादीले बिर्तामोड नगर कमिटीका तीन जना सदस्यलाई गर्यो कारवाही

    बिर्तामोड / माओवादी केन्द्र झापाले पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । माओवादी केन्द्र झापाले बिर्तामोड नगर कमिटीका सदस्य जानुका थापा मगर, शिवकुमार कन्दङ्वा र मालती विकलाई कारवाही गरेको हो । बिर्तामोड नगर कमिटीले थापा, कन्दङ्वा र विकले पार्टीको हित विपरित गतिविधि गरेको भन्दै जिल्लालाई कारवाहीका लागि सिफारिस गरेको थियो  । नगरको सिफारिस पछि उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीको झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 133 पटक पढिएको
  • प्रदेश १ का २ सांसदले  मेयर बन्न दिए पदबाट राजीनामा

    बिर्तामोड / आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्न नेकपा (एमाले) का दुई सांसदले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।इलामका प्रदेशसभा सदस्य काजिमान कागते र झापाका गोपालचन्द्र बुढाथोकीले पदबाट राजीनामा दिएका हुन् । एमालेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरलाई बुढाथोकीलाई उठाउने तयारी गरेपछि उनीहरूले राजीनामा दिएका हुन् । कागत इलाम क्षेत्र नम्बर १ (ख) र बुढाथोकी झापा १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । कागतेले सूर्योदयको मेयरमा पार्टीले उठाउने निर्णय गरेपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको  बताए ।  उनीहर

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 204 पटक पढिएको
  • एमालेले टुंग्यायो मोरङका १५ पालिकामा उम्मेदवार

    विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १५ पालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी, बुढीगंगा र केराबारी गाउँपालिकामा प्रमुख तथा उपप्रमुखको टुंगो लागेको हो।एमालेले दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरादेवी दास, सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै रंगेली नगरपालिकामा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 142 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा