राजनीति

    Showing 5,401-5,410 of 9,629 items.
  • आन्दोलनमा जान तयार रहन कार्यकर्तालाई माओवादीको सर्कुलर

    काठमाडौं- नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेको छ । पदाधिकारी र स्थायी समिति बैठकपछि जारी सर्कुलरमा जतिबेला पनि सडकमा जानुपर्ने हुन सक्ने उल्लेख गरिएको छ ।खासगरी संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले को सत्ता सहकार्यबाट बनेको पछिल्लो सरकारले राष्ट्रिय अस्मितालाई कमजोर बनाउने काम गरिरहेको र त्यसविरुद्ध पार्टी जतिबेला पनि सडकमा जानुपर्ने हुन सक्ने भन्दै तयार रहन भनिएको छ ।सुशासन, सामाजिक न्याय, आर्थिक विकास र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध काम गरिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने र प्रतिगमनमा विश्वास गर्नेहरूको संल

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 452 पटक पढिएको
  • समाजवादी मोर्चाको सचिवालय बैठक जारी

    काठमाडौं- समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूणर्ता दिन सचिवालय बैठक अहिले बसिरहेको छ । ललितपुरस्थित एकान्तकुनामा जारी रहेको मोर्चा संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम वर्तमान राजनीति र भावी योजना सम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूणर्ता दिने प्रयास  भइरहेको छ । यसअघि आइतबार बस्ने भनिएको बैठक मोर्चा संयोजक विश्वकर्मा अस्वस्थ रहेका कारण स्थगित भएको थियो ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 283 पटक पढिएको
  • गृहमन्त्रीले नै भने : ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक होइन

    काठमाडौँ- गृहमन्त्री एवम् रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले संसद्का सबैभन्दा दुई ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक नभएको स्वीकार गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “संसद्का सबैभन्दा ठूला दुई दलले सरकार बनाउने अभ्यास खासै स्वाभाविक होइन, कतिपय अवस्थामा स्वाभाविक मानिँदैन,” लेखकले भने।तर, आफूहरूले आवश्यकताले त्यसो गरेको उनले जिकिर गरे । मुलुकको महत्त्वपूर्ण कार्यसम्पादनका लागि दुई ठूला दलहरू मिलेको उल्लेख गर्दै उनले विगतले त्यो पुष्टि गरिसकेको बताए ।लोकतन्त्र प्राप्तिको सन्दर्भमा, १० वर्षे सशस्त्र युद्धलाई शान्तिमा बदल्ने स

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 476 पटक पढिएको
  • रास्वपाबाट मुकुल ढकाललाई निकाल्ने तयारी

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सि बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।  सभापति रवि लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई बैठकका लागि बोलाएका हुन् । एक केन्द्रीय सदस्यका अनुसार, बैठक बुधबार बिहान ११ बजेपछि काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।बैठकका एजेण्डाबारे केन्द्रीय सदस्यलाई पछि जानकारी गराउने गरी सूचना पठाइएको छ । रास्वपाले असोजमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । केन्द्रीय समितिमा यो विषय पनि एजेण्डा हुन सक्ने बताइएको छ । यसबाहेक बैठकमार्फत पूर्वमहामन्त्री मुकुल ढकाललाई थप

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 664 पटक पढिएको
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेट, के-के भयो कुराकानी ?

    नयाँदिल्ली— भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो दुई समकक्षीबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो वि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 438 पटक पढिएको
  • प्रधानमन्त्रीले बुझे खुम्बु हिमताल विस्फोट र क्षतिको प्रतिवेदन

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिबारे आज जानकारी लिएका छन्।घटनास्थल पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्च अधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा वस्तुगत अवस्थाबारे जानकारी गराइएको हो।स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ।क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संय

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 418 पटक पढिएको
  • समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित

    काठमाडौँ- आइतबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । साउन १ गते बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो । तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ । 

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 453 पटक पढिएको
  • एमालेका २ केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौँ- नेकपा एमालेका २ केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन्।एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन्।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 326 पटक पढिएको
  • परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

    काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री नियुक्ति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ताको कार्यक्रम तय भएको छ । भेटमा दुई देशको आपसी हित, सहकार्य एवम् दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ । मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । भ्रमण दलमा परराष्ट्र मन्त्र

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 386 पटक पढिएको
  • राष्ट्रिय सभामा टीआरसी विधेयक पेस

    काठमाडौँ- राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ।आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्। मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तव सभा समक्ष प्रस्तुत गरे। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ।

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 488 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.