काठमाडौं— तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतले जनाएको छ ।गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौ— रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो । रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकामा निर्वाचन स्थगित भएको थियो । उच्च अदालतको आदेशमा भनिएको छ,‘मिति २०८१/१२/१६ म हुने गरी तोकिएकोमा सो मितिमा निर्वाचन नभई स्थगित भएको र विभुवन विश्वविद्यालय स्वतन्त्र विधार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) से निर्धारण गरे बमोजिम १५ दिनभ
काठमाडौं— गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए।बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे। 'संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ।बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए। उनकाअनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ। उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् ।नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ । “उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका एक नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ ।”तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक विहीबार
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन्।नयाँ वर्ष २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका हुन्।उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरे। सबै नेपालीबीच शान्ति, एकता, सद्भा
काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् । उनले अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने कुरा गरिरहेको बताउँदै प्रचण्डले भने, ‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो
काठमाडौं— जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो। विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन्।उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामका विभिन्न भाग परिक्रमा गरेका थिए। सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।
काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताएका छन्। आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए। उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण बताए। ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ। सबैलाई मिलाएर लाने संविधान छ। यसले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ तर गाह्रो भएता पनि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.