राजनीति

    Showing 5,741-5,750 of 10,439 items.
  • प्रधानमन्त्री भन्छन्— अनुशासित र राष्ट्रप्रेमी युवा चाहियो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गरे। उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताए।राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा त

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 420 पटक पढिएको
  • नेकपा माओवादी केन्द्रको इनरुवा नेतृत्वमा पौडेल

    धरान— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएका छन्।सुनसरीको जल्पापुरमा शनिबार भएको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ४७ सदस्य कार्यसमिति निर्वाचित गरेको माओवादी इनरुवा नगरका इन्चार्ज ओके दाहालले जानकारी दिए। कमिटीको उपाध्यक्षहरूमा शंकर सापकोटा, मोक्तार अन्सारी, राजकुमार उराँव, सचिवमा गुनराज सुवेदी, सहसचिव गंगा खत्वे, कोषाध्यक्ष लिला दाहाल निर्वाचित भएको माओवादी पार्टीका सुनसरी इन्चार्ज अनिता परियारले जानकारी दिए। बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अधिवेशनको उद्घाटन गरेका थिए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 374 पटक पढिएको
  • मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छः प्रचण्ड

    सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 351 पटक पढिएको
  • शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरेः सुमना श्रेष्ठ

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् ।शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन् । ‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो । उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन,’सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिजृना नभएको उल्लेख गरेकी छिन् । व्यवहारिक शिक्षाको आवश्यक्ता औँल्याएकी श्रे

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 497 पटक पढिएको
  • ‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

    लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ’, उनले भने, ‘राजनीति  दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’देशलाई सही दिशामा लैजानका लागि दुई ठ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 419 पटक पढिएको
  • ‘चुनाव जित्ने अनि थन्किएर बस्नका लागि संगठनमा नआएको राम्रो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन् । शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् । उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौं । साथै संगठनका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्नको लागि संगठन आवश्यक छ । संगठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका ल

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 441 पटक पढिएको
  • ‘सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै !’

    सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।  मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने ब

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 270 पटक पढिएको
  • आजदेखि नेमकिपाको आठौँ महाधिवेशन

    भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठाँै महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताए । उनले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठ

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 365 पटक पढिएको
  • पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ ९पाथीभरा० संघर्षमा  राज्यद्धारा दमन, अन्याय विरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन् । उनले सरकारबाट स्थानीय राई, लिम्बु समूदायहरुमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए । उनले भने,‘मुकुम्लुङ ९पाथीभरा० संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते  राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरुमाथिको जा

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 428 पटक पढिएको
  • पाथीभरा केवलकार विवादमा वार्ता आव्हान

    काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिए ।उनले सोमबार राति सूचना जारी गरेका थिए । सूचनामा भनिएको छ, ‘निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 441 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.