राजनीति

    Showing 7,041-7,050 of 10,442 items.
  • रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम

    झापा । रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ। लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुन: कायम गराएका हुन् ।लामिछानेका सचिवालय प्रमुख  दिपक बोहराले सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको जानकारी दिएका हुन्। लामिछाने गृह मन्त्री हुँदा बोहरा उनको स्वकीय सचिव थिए ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया सुरु नै नगरेको पाईएको भन्दै उनी नेपाली नागरिक कायम नरहेको आदेश दिएको थियो । साथै उनी नेपाली नागरिक नरहेको अवस्था

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 402 पटक पढिएको
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो केन्द्रीय समितीको बैठक

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको  धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेको न

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 142 पटक पढिएको
  • ‘रवि अनागरिक होइनन्’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक भएको  राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले दाबी गरेका छन्सामाजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको बताएका हुन्। उनले धेरैले लामिछाने अनागरिकरराज्य विहीन भएको टिप्पणी गरेको भन्दै यस्तो दाबी गरेका हुन्। नेपालको संविधान, पृष्ठ ४ मा नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्, लेखिएको छ मिश्रले भनेका छन्– उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्य विहीन होइनन्,। शुक्रबार सर्वोच्च अदालतले लाम

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 219 पटक पढिएको
  • रवि लामिछानेलाइ गृह मन्त्री बनाउन प्रचण्डको ग्रीन सिग्नल

    निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुन प्राप्ती प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुन प्राप्ती प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्राप्ती प्रक्रियामा जाने तयारी गरेका छन। सर्वोच्चले पुरानो नागरिकतालाई वैधता दिन नसकिने भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्राप्ती प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनप्राप्ती प्रक्रिया पूरा गर्न

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 216 पटक पढिएको
  • सुवास नेम्वाङले भने पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आत्तिनु पर्दैन

    प्रदेश ब्युरो । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।शुक्रबार रबिलामिछानेको नागरिकता विवादमा सर्बोच्च अदालतबाट भएको फैसलाको प्रसंग जोड्दै उनले त्यस्ता समस्यालाई संवैधानिक व्यवस्था बमोजिम नै हल गरिनुपर्ने बताएका हुन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले बनाएको संविधान कार्यान्वयनमा राजनीतिक दल सचेत हुनुपर्ने बेला आएको औंल्याएका छन् । ‘अहिलेको राजनीतिक घटनाक्रमबाट सम्मानित सर्वोच्च अदालतको फैसलाबाट गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो । यी घटनाक्रमलाई हामी

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 226 पटक पढिएको
  • गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाइ

    झापा । गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उहाँलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ ।मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्नुभएको छ । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसक्नुभएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 215 पटक पढिएको
  • ऋषि धमलाकी श्रीमती एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    झापा । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ । सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ।पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ । उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 159 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

    प्रदेश ब्युरो। नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ। शुक्रबार राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।  ‘सम्मानित सर्वाेच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 271 पटक पढिएको
  • रविले छाडे सरकारी निवास र गाडि

    निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका हुन् ।लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 275 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो संगठन विस्तारका कार्यक्रम स्थगित

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संगठन विस्तारका कार्यक्रम स्थगित गरेको छ ।पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै  सातै प्रदेशमा तय गरिएका  प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को  सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाएका छन् ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले माघ १४ गतेदेखि सांगठनिक गतिविधि संचालन गर्ने निर्णय गरेको थियो । तर पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि पार्टीले आफ्ना संगठानिक गतिबिधिलाई स्थगित गरेको छ । साथै महामन्त्

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.