राजनीति

    Showing 7,051-7,060 of 10,442 items.
  • लामिछाने नेपाली नागरिक नभएको अदालतको फैसलामा के छ ?

    सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन ग

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 110 पटक पढिएको
  • राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

    नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए। ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने,

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 241 पटक पढिएको
  • रुसद्वारा युक्रेन माथि तीसभन्दा बढी क्षेप्यास्त्र प्रहार

    बिहीबार बिहान मास्कोको सेनाले युक्रेनमा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी वायु रक्षाले रुसी आक्रमणलाई रोक्न काम गरिरहेको युक्रेनी वायुसेनाले जनाएको छ ।वायुसेनाका प्रवक्ता युरी इहनतले युक्रेनी टेलिभिजनमा करिब छवटा रुसी टीयु–९५ विमानले ’रूसको मुर्मान्स्क क्षेत्रबाट उडान भरेको र क्षेप्यास्त्र प्रहार गरेको’ बताएका छन् । केही क्षेप्यास्त्रहरू युक्रेनको पश्चिम मध्य भिन्निट्सिया क्षेत्रमा प्रहार भएको गभर्नर सेर्ही बोर्जोभले टेलिग्राममार्फत जानकारी दिएका छन् । हताहतको विवरण भने उनले दिएनन् ।कीभको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले टेलिग्राममा १५ भन्दा बढी क्रुज मिसाइलहरू कीभको दिशा

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 123 पटक पढिएको
  • नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 135 पटक पढिएको
  • प्रदेश मन्त्रालय घटाउने योजनामा सरकार

    झापा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश मन्त्रालयको संख्या घटाउन र खर्चभार  कटौती  गर्न आफूले प्रस्ताव गरिसकेको र सोही अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।प्रदेशहरू आफैँमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नुहुँदैन, हामीले गर्दैनौ पनि ’उनले भने, ‘तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जन गुनासोबारे हामी सचेत छौं। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’प्रदेशमा मन्त्रालयको संख्या घटाउने विषयमा एमाले

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 156 पटक पढिएको
  • माओवादी केन्द्रले बाेलायाे स्थायी र केन्द्रीय समिति बैठक

    नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।  पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाईएको हो । सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ । जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 111 पटक पढिएको
  • उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

    आज भएको उपसभामुखको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनु भएको छ।शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएकी रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको हो । उहाँलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उहाँका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नु भएको थियो। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भएको छ।

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 223 पटक पढिएको
  • सभामुखले आकस्मिक बोलाए सर्वदलीय बैठक

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आज शनिबार ११ बजेका लागि बोलाउनुभएको छ ।संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको थियो ।

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 166 पटक पढिएको
  • नवौँ प्रतिनिधिसभाको सभामुखका रुपमा घिमिरे निर्वाचित

    काठमाडौं / प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे नेपालको संसदीय इतिहासमा नवौँ सभामुखका रुपमा निर्वाचित भएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजन मार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 146 पटक पढिएको
  • आज सभामुखको निर्वचन

    काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ।सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काङ्ग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने काङ्ग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.