राजनीति

    Showing 7,071-7,080 of 10,442 items.
  • लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने

    लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।लोसपाले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको हो । लोसपाले एउटा मन्त्रालय पाउने भएको छ ।कुन मन्त्रालयले लोसपाले पाउने भन्नेबारेमा भने खुलाइएको छैन ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 129 पटक पढिएको
  • केपी ओली भेट्न बालकोट पुगे प्रचण्ड

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुख बारे छलफल रहेको नेताहरूले बताएका छन् ।सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।जारी भेटमा मन्त्रिपरिषद्को भागबन्डा मिले मन्त्रिपरिषद् विस्तार गर्ने र सभामुखको विषय माथिको छलफललाई अन्तिम रूप दिने दुई नेताको तयारी छ ।

    • प्रकाशित मितिः माघ २, २०७९
    • 214 पटक पढिएको
  • माओवादीबाट रेखा, सुदन र महिन्द्र मन्त्री बन्दै

    काठमाडौं / नेकपा माओवादी केन्द्रले सांसदहरू महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरूबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषधमा ५ जना रहने समझदारी छ ।माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषधमा सहभागी हुन पाउँछन् ।

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 185 पटक पढिएको
  • प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

    विराटनगर / प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागबन्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । माओवादीले ओखलढुङ्गाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर लगायत समर्थक थिए ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन ।प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । ए

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 143 पटक पढिएको
  • सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको तयारी

    काठमाडौं / मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।प्रधानमन्त्री दाहाल संसद्‌मा विश्वासको मत लिएसँगै गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा व्यस्त भएका थिए। हिजो मात्रै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल   एमाले अध्यक्ष क

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 137 पटक पढिएको
  • प्रदेश १ मा सभामुखको निर्वाचन आज

    विराटनगर / प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ ।एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका  केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् ।

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 142 पटक पढिएको
  • केपी ओलि र प्रचण्ड भेट सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हुँदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो । सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रध

    • प्रकाशित मितिः पुस २८, २०७९
    • 326 पटक पढिएको
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१०)र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 149 पटक पढिएको
  • लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले बताएका हुन् ।यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । ‘अध्यक्षले विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय लिएका छन्।प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 113 पटक पढिएको
  • प्रदेश १ प्रदेश सभाको बैठक आज

    विराटनगर / प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ ।प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचित मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रला

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.