राजनीति

    Showing 7,091-7,100 of 7,777 items.
  • प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच वालुवाटारमा भेटवार्ता

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका बिच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा किकुटाबीच भेटवार्ता भएको छ । बिहीबार  भएको भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् । यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 63 पटक पढिएको
  • पार्टीलाई आघात पुर्‍याउनेलाई आममाफी

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै सुम्पिएको छ । विपक्षी गठबन्धनलाई सहयोग गर्ने र पार्टीलाई आघात पुर्‍याउनेलाई आममाफी दिएर भएपनि एकताको लागि प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको हो ।विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 72 पटक पढिएको
  • ओली पक्षको भेलामा कुर्सी तोडफोड

    मोरङ / मोरङ जिल्लामा एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहको कार्यक्रममा कुर्सीहरू तोडफोड भएको छन्। ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै आयोजना गरेको निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको थियो । तोडफोड कसले गरेको खुल्न नसकेको र तोडफोड गर्ने समूहको खोजी भइरहेको पनि उनले बताएका छन् ।एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नगर संयोजक गंगा बास्तोलाले ओली समूहका असन्तुष्ट नेता कार्यकर्ताले घटना गराएको हुन सक्ने बताएका छन् ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 74 पटक पढिएको
  • एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन् । पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 67 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दै

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफललाई बैठकमा निरन्तरता दिइरहेको हो ।बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका थिए । ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 90 पटक पढिएको
  • देउवासँग मधेशका मुद्दा सम्बोधन गर्न ठाकुरको आग्रह

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।देउवासँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत ल

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 177 पटक पढिएको
  • जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

    काठमाडौ / जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पारित भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको विधान सर्वसम्मतिले पारित गरेको हो ।बैकठमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने बैठकले निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको उपेन्द्र पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ ।जसपाको महन्थ ठाकुर राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएपनि सरकारमा सहभागी हुने नहुने विषयमा भ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 84 पटक पढिएको
  • विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

    काठमाडौँ / मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता । मिति २०७८ साउन ५ गते

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 73 पटक पढिएको
  • ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने तयारी

    काठमाडौँ / केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने तयारी भइरहेको छ । संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालि अवसर पुर्याउने भन्दै प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच त्यस्ता नियुक्तिहरु खारेज गर्ने सहमति भएको हो ।गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 99 पटक पढिएको
  • नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरु बीचको छलफल बढ्दै गएको छ ।यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा