राजनीति

    Showing 7,091-7,100 of 10,442 items.
  • प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।पोखरामा आयोजित विशेष समारोहमा पानस मा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत पुष्प वृष्टि गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 104 पटक पढिएको
  • समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्प को आह्वान गरेका छन् ।इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् ।ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 141 पटक पढिएको
  • प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

    विराटनगर / प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए ।संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् ।

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 130 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको छ ।

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 125 पटक पढिएको
  • प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

    विराटनगर / नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् ।दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 124 पटक पढिएको
  • एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल चयन

    काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् ।

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 110 पटक पढिएको
  • राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा पोखरेललाई नियुक्ति

    काठमाडौं / नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेकी हुन्। उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 111 पटक पढिएको
  • उपसभामुखमा रास्वपा को पनि दाबी

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपा का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरूको बैठक बोलाइएको छ ।उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविता को रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपा का नेताहरू बताउँछन् ।एमाले र माओवादी शीर्ष नेताह

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 112 पटक पढिएको
  • संसदीय दलको नेता चयन गर्ने दिन जसपा का अध्यक्ष उपेन्द्र यादव जनकपुरमा

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् ।आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसद्‌मा छैन, बैठकमा बस्न मिल्दैन साथीहरूले गरिहाल्नु हुन्छ नि ।’ संसदीय दलको नेता चयन गर्नका लागि आज ११ बजेदेख

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 148 पटक पढिएको
  • एमालेबाट को–को हुन् सम्भावित मन्त्री

     काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चर्चा सुरु भएको छ ।सत्तारुढ गठबन्धनको सबैभन्दा  ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वाला कुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी, अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 175 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.