राजनीति

    Showing 7,101-7,110 of 10,442 items.
  • जनहितमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन

    काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वाला कुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 113 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगे

    काठमाडौँ / सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छोडेर बाहिरिएका थिए।बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड बालकोट जाने तयारीमा छन्। महासचिव देव गुरुङ पनि बालकोटमै छन् भने लामिछाने पनि बालकोट पुगेका हुन्। प्रतिनिधि सभामा रास्वपा का २० जना सांसद छन्।यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए।

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 125 पटक पढिएको
  • प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने

    काठमाडौं / प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगत प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो ।तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताएका छन् ।'कांग्रेस नेताहरू राष्ट्रपति र प्रधानमन्त्री मेरै हुन

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 146 पटक पढिएको
  • प्रचण्डलाई भेटे प्रकाशमानले, सरकार गठनबारे छलफल

    काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको हो ।कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी सरकार गठन गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका हुन् । तर प्रचण्डले भने सुरुमै आफूले नेतृत्व गर्न पाउनु पर्ने अडान दोहोर्‍याएका छन् ।प्रचण्डलाई भेटेपछि प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा सिंहले प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 119 पटक पढिएको
  • माधव नेपाल शपथ लिन संसद्‌मा, फेरि अस्पताल नै जाने

    काठमाडौं / एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किने भएका छन् ।उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् ।छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल हिजो शिक्षण अस्पताल पुगेका थिए ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 110 पटक पढिएको
  • शपथग्रहणका लागि संसद् भवन पुग्दै नवनिर्वाचित संसद्हरू

    काठमाडौं /  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरु शपथग्रहणका लागि संसद भवन  पुगेका छन् । नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी  हुन् ।प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 122 पटक पढिएको
  • ज्येष्ठ सदस्य पशुपति शमशेरले लिए शपथ

    काठमाडौं / राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई भोलि शपथ गराउने कार्यक्रम रहेको छ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 121 पटक पढिएको
  • रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

     काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् , तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिएका छन् ।लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरहेको जिकिर रिटमा छ ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 118 पटक पढिएको
  • परिणाम अपेक्षाकृत होइन, तर निराश हुन्न : गगन थापा

    काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।मत परिणाम सार्वजनिक भएपछि थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन, तर म थाक्दिनँ, निराश हुन्न , थप मिहिनेत गर्छु ।’थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए, तर आफू सरकारमा नजाने बताएका छन् ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 131 पटक पढिएको
  • गगनले पाएनन् आफ्नै समूहका सांसदको मत

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो ।संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.