राजनीति

    Showing 7,121-7,130 of 9,647 items.
  • अपडेट : कचनकवलमा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले तीन सय ६८ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक सय ३२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक सय ५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक सय ९२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १५ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ७४ मत प्राप्त गरेकी छिन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 381 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा काँग्रेसको अग्रता कायम

    विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । ८७० मत गणना गर्दा प्रमुखमा काँग्रेसका उम्मेदवार गणेश पोखरेल ३३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले १९९ र राप्रपाले १७७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३३३ , एमालेले २०५ , राप्रपाले १८३ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले २८९ , माओवादीले २४२ र राप्रपाले  २१७ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 162 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा कांग्रेसको अग्रता कायम

    विर्तामोड / झापाको बाह्रदशीमा ८०० मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ८०० मत गणना गर्दा प्रमुखमा काँग्रेसले २३२ , एमालेले २०१ र राप्रपाले १७५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 127 पटक पढिएको
  • कमल गाँउपालिकामा कांग्रेसको अग्रता

    विर्तामोड / कमल गाउँपालिका -१ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना गर्दा कांग्रेसको अग्रता कायम गरको छ । गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले १७० मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमाले ६५ र राप्रपाले १८ ल्याएका छन् । खुल्ला महिला सदस्यमा एमाले ७३, गठबन्धन १५३, राप्रपा २४, दलित मह

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 135 पटक पढिएको
  • बाह्रदशीमा कांग्रेसको अग्रता

    विर्तामोड / झापाको बाह्र दशी वडा नं १ बाट मतगणना शुरु गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ५०० मत गणना गर्दा अध्यक्षमा रुखले १३८, सूर्यले १२४, हलोले १०४ , उपाध्यक्षमा हलोले १२८ , सूर्यले १३१, हसिया हथौडाले ५१ मत प्राप्त गरेको छ । त्यस्तै वडाध्यक्षमा हलोले ६३, सूर्यले १४१ , रुखले १४१ मत पाएको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 151 पटक पढिएको
  • भद्रपुरको प्रमुखमा गठबन्धनको अग्रता

    विर्तामोड / भद्रपुर नगरपालिकामा मतगणना सुरु भएसँगै मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेल २३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । ६०० मत गणना भइसक्दा मेयरमा एमालेका असारु राजव‌ंशीले १५३ तथा राप्रपाका नवराज पनेरुले १२२ मत प्राप्त गरेका छन् ।एक नम्बर वडाको मतगणना भइरहँदा उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी २३१ मत ल्याउँदै अग्रता बनाएका छन् भने एमालेका कौशिल्या अधिकारीले १६४ तथा राप्रपाका राधा कार्कीले ११२ मत ल्याउन सफल भएकी छिन् ।वडा अध्यक्षमा एमालेका रामप्रसाद अधिकारी २२६ मत ल्याउँदै अग्रता बनाएका छन् । गठबन्धनका मेदनी प्रसाद सिवाकोटी १४३ र राप्रपाका दल बहादुर लिम्बूको ११२

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 210 पटक पढिएको
  • मतदान केन्द्रमा ढुंगा प्रहारपछि दोलखामा ९ राउण्ड हवाई फायर

    दोलखा /  स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।मतदान केन्द्रमा ढुंगा प्रहार भएपछि त्यहाँ दुई पक्षीय झडप भएको हो । त्यहाँ अहिले मतदान रोकिएको छ । तर, केहीबेरमै मतदान शुरु हुने खतिवडाले बताए ।त्यस्तै हुम्लाको चंखेली गाउँपालिका –२ स्थित महादेव मतदान केन्द्रमा पनि झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतद

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 139 पटक पढिएको
  • विश्वप्रकाश शर्माले गरे मतदान

    बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शर्माले मेचीनगर नगरपालिका –९ स्थित कवि शिरोमणि मावि खुट्टेडाँगी (क) मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 120 पटक पढिएको
  • बारामा झडप हुँदा मतदान रोकियो

    बारा  / बाराको पचरौता नगरपालिका –२ बैरिया र देवताल गाउँपालिका –७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।यस्तै देवतालको पीपरपातीमा पनि एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 89 पटक पढिएको
  • एमालेका वडा अध्यक्षसहित तीन पक्राउ

    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका –२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन् । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 129 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.