राजनीति

    Showing 7,141-7,150 of 7,777 items.
  • माधव नेपाल भेट्न कोटेश्वर किन पुगे विप्लव ?

    काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न कोटेश्वर गएका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव र धर्मेन्द्र बाँस्तोला कोटेश्वर गएका हुन् ।भेटका क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्ने नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाई

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 99 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

    काठमाडौँ / सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन् । नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेमा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ । देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियु

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 51 पटक पढिएको
  • प्रदेश प्रमुख प्रसाइद्धारा दुई विधेयक प्रमाणीकरण

    मकवानपुर / वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले वाग्मती प्रदेशसभाबाट पारित भएको दुई वटा आर्थिक विधेयक आज  प्रमाणीकरण गरेका छन् ।उनले प्रमाणीकरण गरेको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक वर्ष २०७८/७९ सेवा र कार्यलाई प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 109 पटक पढिएको
  • महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण

    काठमाडौँ / नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए । पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड –१९ को सबैभन्दा ठूलो महामारी सामना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औँल्याए ।उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 139 पटक पढिएको
  • ओलीले छाडे बालुवाटार निवास(फोटो फिचर)

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। आज (बुधबार) बिहान सरकारी निवास बालुवाटारबाट आफ्नै  निजी निवास बालकोट सरेका हुन् । केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै स्कर्टिङ गरेर लगेको छ ।२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 149 पटक पढिएको
  • भ्रष्टाचारको मुद्दा लागेका गच्छदार अदालतमा उपस्थित

    काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन् । फरार रहेका गच्छेदार आज अदालतमा हाजिर भएका हुन् ।लामो समयदेखि अदालतमा म्याद नबुझेपछि अदालतले सार्वजनिक सूचना समेत जारी गरेको थियो । हाजिर हुन सार्वजनिक सूचना जारी गर्दासमेत हाजिर नभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् । अदालत स्रोतका अनुसार उनी बुधबार बिहान सहयोगीसहित अदालतमा उपस्थित भएका छन् ।अदालतमा गच्छदारको पहिले प्रारम्भिक बयान हुने र त्यसपछि थुनछेक बहस सुरु हुने बताईएको छ । यसअघि अदालतले बोलाउँदा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 112 पटक पढिएको
  • देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीमा दीप प्रज्वलन

    बैतडी / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको फैसलाको स्वागत तथा देउवा प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुशियालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।यस्तै सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुश

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 88 पटक पढिएको
  • अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री देउवालाई बधाई

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्ने भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 119 पटक पढिएको
  • पाँचौ पटक प्रधानमन्त्री बन्दै देउवाको किर्तिमान

    काठमाडौँ / नेपालमा पाँचौँ कार्यकाल प्रधानमन्त्री बनेका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले  राजनीतिज्ञको सूचीमा नाम दर्ज गराएका छन् । देउवाले आज पाँचौँ पटक प्रधानमन्त्री बन्ने सुचीमा आफ्नो नाम राख्न सफल भएका छन्  । देउवासँगै पाँच पटक प्रधानमन्त्री बन्ने गिरिजा प्रसाद कोइराला  र सूर्य बहादुर थापा पनि छन्  ।   किर्तिमानी दुई पूर्व प्रधानमन्त्रीको निधन भइसकेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् ।यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा प

    • प्रकाशित मितिः असार २९, २०७८
    • 151 पटक पढिएको
  • पाचौं पटक प्रधानमन्त्री बने देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् । देउवा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए । त्यसको पाँच वर्षपछि उनी दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए । यस्तै देउवालाई २०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भएका देउवाको कार्यकाल आठ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा

    • प्रकाशित मितिः असार २९, २०७८
    • 93 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा