राजनीति

    Showing 7,141-7,150 of 10,442 items.
  • जनमत पार्टीले लगायो समानुपातिक सांसदको टुंगो

    काठमाडौँ / जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौंको कोटेश्वरस्थित होटेल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 149 पटक पढिएको
  • एमालेको सचिवालय बैठक स्थगित

    झापा / नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि एलेलेले सचिवालय बैठक बोलाएको थियो।

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 140 पटक पढिएको
  • देउवालाई धनगढीमा १५ किलोको माला

    धनगढी  / प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार धनगढी पुगेका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी पुगेका हुन् । उनले महोत्सव उद्घाटन गरेका छन् ।सो अवसरमा देउवालाई आयोजकले १५ किलोको माला लगाइदिएका छन् । प्रधानमन्त्री देउवा हालसम्म लडेका सबै चुनाव (सातपटक) जित्ने एक्ला नेता हुन् । उनी ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 122 पटक पढिएको
  • इलाम २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

    इलाम / इलाम क्षेत्र नम्बर –२ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । धाँधली भई आफूलाई चुनावमा हराइएको उल्लेख गर्दै खड्का सर्वोच्चमा निवेदन दिएका हुन् ।कांग्रेस उम्मेदवार खड्काले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई जबर्जस्ती विजयी घोषणा गरिएको बताएका छन् । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङ ११४ मतले विजयी भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।खड्काले मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रममा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको आरोप

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 138 पटक पढिएको
  • माओवादी सर्लाही विवाद : प्रचण्डले गरे दुवै पक्षसँग छलफल

    काठमाडौँ  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेका हुन् ।अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव, अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग छलफल गरेका हुन् ।यादवले सर्लाही ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्था

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 135 पटक पढिएको
  • समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कुन दलले कति सिट पाए ?

    झापा / निर्वाचन आयोगले गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभातर्फको समानुपातिक सिट बाँडफाँड गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभा तर्फ हो भने बाँकी प्रदेशसभाको हो । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।  यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदू

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 127 पटक पढिएको
  • काठमाडौँमा सीके राउतको दौडधुप : एक सातामा भेटे दर्जन भन्दाबढी नेता

    काठमाडौं / सप्तरी –२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पछिल्लो समय नेताहरूसँग भेटघाटमा व्यस्त छन् । संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरूको घरघर पुगेर संवाद गरिरहेका छन् ।उनले विभिन्न दलका दर्जन भन्दाबढी नेताहरूसँग भेटवार्ता गरिसकेका छन् । पछिल्लो समय राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 153 पटक पढिएको
  • झापामा केपी ओलीसहित ७३ जनाले बुझाए चुनावी खर्च विवरण

    बिर्तामोड / मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्।निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय झापामा बुझाउन थालेका हुन्।झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा प्रतिनिधिसभाका सदस्यका उम्मेद्वार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ४० जना र ३३ जना प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 126 पटक पढिएको
  • बहुविवाह गर्ने व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै आयोगमा निवेदन

    काठमाडौँ / बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा–प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।अभिवक्ता केदार लुइँटेलले बहुविवाह गर्ने व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।लुइटेलले दर्ता गरेको निवेदनमा मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गरिएको छ । राप्रपाका प्रेमराज थाम्सुहाङ, नेकपा मालेका कृष्णबहादुर आले र चिरञ्जीविराम थारु, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चका ज्ञानबहादुर इबुङ लिम्बू र एमा

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 143 पटक पढिएको
  • प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    काठमाडाैँ  / यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन्। निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारहरूले खर्च विवरण बुझाउन थालेका हुन्। त्यस्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मंगलबार चुनावी खर्चको विवरण बुझाएका छन्। देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरा मार्फत खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचनमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिए। प्रचार सामग्री छ

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.