काठमाडौं— विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको एकीकरणमा सहभागी नहुने भएका छन्। विवेकशील नेपाली दलको अध्यक्ष भएका उनले आइतबार हुने एकीकरणमा सहभागी नहुने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्। साझा पार्टी अधिकांश नेता निःसर्त एकतामा सहमत भएका छन्। विवेकशीलबाट रन्जु दर्शनासहित एकतामा उत्साहित हुँदा मिलन भने एकता प्रक्रियाबाट बाहिरिएका हुन्। उनले अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिने र त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने लेखेका छन्। उनले भावी राजनीतिक यात्राबारे खुलाएका छैनन्। अब आफू र विवेकशील पनि स्वतन्त्र भएको लेख्दै पुनः व
काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको
काठमाडौं— गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको
काठमाडौं— मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्।यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भएबीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।अध्यक्ष केपी ओलीका कट्टर आल
काठमाडौं— विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भएको छ । साथै एकता महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने भएको छ । एकता समारोहमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु भवन भट्ट, कुमार पन्तलगायत संस्थापक भीम उदासलगा
काठमाडौं—पोखरामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालविरूद्व व्यापारीहरू उत्रिएका छन् ।आज पोखराको मानवअधिकार चोकमा नेकपाले आयोजना गरेको सभास्थलमा व्यापारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।नेकपाको कार्यक्रमले व्यापारीहरू मारमा परेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । व्यापारीहरूले गरी खान देऊ लगायतका माग राख्दै प्रदर्शन गर्दै सडकमा सभा आयोजना गर्न दिनेलाई कारबाही गर्न समेत उनीहको माग छ ।आज आयोजित नेकपाको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् । उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले देशसँगै नेकपा एमाले पनि संकटमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नेता भट्टराईले संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापित गर्दै राज्यका सवै निकायलाई पुनर्जीवित गर्नुपर्ने चुनौती रहेको बताए । साथै उनले भदौ २३ र २४ को घटनापछि पार्टीलाई कस्तो नेतृत्व र दिशा दिने भन्ने महत्त्वपूर्ण सवाल रहेको पनि बताएका छन् ।भदौ २३ र २४ को घटनाबाट सकारात्मक र नकारात्मक पाटा रहेको भन्दै सकारात्मक शिक्षालाई ग्रहण गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । उनले कुनैपनि हिंसा र विध्वंस स्वीकार्य नहुने भन्दै पार्टीलाई नयाँ सन्
काठमाडौं— नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् । एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका हुन् ।मङ्सिर २७ गते देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो ।शनिवार हेटौँडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरूमध्ये ८ जन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.