राजनीति

    Showing 7,491-7,500 of 10,447 items.
  • एमालेले सबै पदाधिकारीलाई उम्मेदवार बनाउँदै : को कहाँबाट बन्दै ?

    झापा / आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।  आकांक्षी धेरै भएपछि उम्मेदवार सिफारिस टुंगो लगाउन कसरत गरिरहेको एमालेले सबै पदाधिकारीलाई निर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । एमालेका १९ पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल प्रतिनिधिसभामा समानुपातिक तर्फ उम्मेदवार बन्दै छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य पदाधिकारी प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । तर, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भने एकल एकल सि

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 196 पटक पढिएको
  • झापाको क्षेत्र नम्बर –५ मा एमालेबाट ओलीको नाम सिफारिस

    झापा / प्रतिनिधिसभा उम्मेदवारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर –५ बाट सिफारिस भएका छन् ।एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीका अनुसार क्षेत्रीय समन्वय कमिटीको सोमबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेले निर्णय गरिसकेको छ । योसहित क्षेत्र नम्बर –५ बाट संसदीय निर्वाचनमा ओली उठेको सातौँ पटक हुने छ । २०४८ पछि ७४ सम्ममा ओली ५ निर्वाचनमा विजयी भएका छन् एक पटक हार बेहोर्नु परेको थियो । 

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 139 पटक पढिएको
  • कांग्रेसद्वारा झापाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस (नामावलीसहित)

    बिर्तामोड / नेपाली कांग्रेस झापाले प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १० सहित समानुपातिक निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम  प्रदेश नं–१ र केन्द्रीय समितिमा सिफारिस गरेको छ ।पार्टी सभापति देउकुमार थेवेका अनुसार कांग्रेस केन्द्रको निर्देशन बमोजिम जिल्लाले उम्मेदवारका आकाङ्क्षीहरूको नाम छनौट गरेर सिफारिस गरेको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ झापाका पाँचवटा क्षेत्रबाट १४ जनाको नाम सिफारिस भएको छ । जसमध्ये  क्षेत्र नम्बर –१ मा महामन्त्री विश्वप्रकाश शर्मा, ३ मा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र ४ मा जिल्ला सभापति देउमान थेवेको नाम सर्वसम्मत सिफारिस भए

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • 287 पटक पढिएको
  • ‘तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन’

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् । शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसङ्घले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ । राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नु

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 96 पटक पढिएको
  • समानुपातिकबाट चुनाव लड्दै विमलेन्द्र निधि

    काठमाडौँ  / नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बन्ने भएका छन्। धनुषा –३ बाट निधिको नाम समानुपातिक उम्मेदवारअन्तर्गत सिफारिस गर्ने भएको हो। निधि २०७४ मा भने राजेन्द्र महतोसँग पराजित भएका थिए। अहिले भने महतोको पार्टी पनि फुटेर कमजोर अवस्थामा पुगेका छन्। महतो रहेको पार्टी लोकतान्त्रिक समाजवादीलाई पनि कांग्रेससहितको गठबन्धनमा समावेश गर्ने तयारी छ। निधिलाई आज कांग्रेस क्षेत्रीय समितिले समानुपातिकतर्फ सिफारिस गर्दै छ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 178 पटक पढिएको
  • सीपीसीका वरिष्ठ नेता ली नेपाल आउँदै

    काठमाडौँ /  छिमेकी मुलुक चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन् । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने भएका हुुन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लु चान्सुले भदौ २७ देखि २९ सम्म तीन दिनसम्म नेपालको भ्रमण गर्न लागेका हुन् ।उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । भ्रमणका क्रममा चान्सुले सभामुख सापकोटा, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 179 पटक पढिएको
  • भदौ २१ भित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको जिल्ला समितिलाई निर्देशन

    झापा  / कमल थापा नेतृत्वको राप्रपा नेपालले भदौ २१ भित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । राप्रपाको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि भदौ २१ गतेभित्र संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको हो । बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचनपूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरू गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भाद्र ३० गत

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 111 पटक पढिएको
  • अर्जुनधाराका नगरप्रमुख गोम्देनलाई मातृशोक

    बिर्तामाेड / झापाकाे अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलाई मातृ शोक परेको छ । अर्जुनधारा –१० निवासी मेयर गोम्देनकी आमा सीमा गोम्देनको ६५ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको हो । क्यान्सर रोगबाट पीडित सिमाको आफ्नै घरमा निधन भएको हाे  । उनकाे दिउँसो ३ बजेपछि घर नजिकै आफ्नो संस्कार अनुसार दाहसंस्कार गरिने गोम्देन परिवारले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 210 पटक पढिएको
  • चितवन ३ बाटै चुनाव लड्दै प्रचण्ड

    झापा / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले मंसिर ४ मा हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट नै प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए ।“मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर -३ । म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु” उनले भने । कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन् ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 173 पटक पढिएको
  • नेकपा एसद्वारा सुनसरीमा उम्मेदवारको नाम सिफारिस

    धरान / नेकपा (एकीकृत समाजवादी) सुनसरीले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको छ । जिल्ला सचिव वसन्त सुवेदीका अनुसार प्रदेश सभातर्फ क्षेत्र–१ (क) का लागि सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने (ख) का लागि रेवतीरमण राई, अमृता रामदाम र श्याम नारायण राजधामीको नाम सिफारिस गरिएको यस्तै क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.