वुटवल / लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन सांसदले राजीनामा दिएका छन् । शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले जानकारी दिए ।अन्य दुई सांसदले राजीनामा दिने बताएका छन् । तर, दिएका छैनन् । तर, उनीहरुले शंकर पोखरेललाई सहयोग नगरी विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरिसकेका छन् ।पोखरेल प्रदेश सभामा
काठमाडौँ / उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क
काठमाडौं / एमाले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको तयारीमा छ । यसैबेला लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् । सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनमा पोखरेल लागेका छन् ।
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आइतबार नै पुनः सपथ ग्रहण गराउने तयारी भएको छ । उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले मुख्यमन्त्रीको उम्मेद्वारमा पोखरेललाई नै बनाउने निर्णय गरेसँगै आजै मुख्यमन्त्रीमा सपथ गराउन लागिएको एक नेताले बताए । नयाँ सरकार गठनका लागि आजै प्रदेश प्रमुखले आह्वान गर्दैछ । एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी गरिएको हो । एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनको प्रयास थालेको छ ।लुम्बिनी एमालेको संसदीय दलका नेता पोखरेलको नेतृ
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनमा दिएपछि जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अन्योलमा परेका छन् ।उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए । मुख्यमन्त्री पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि जसपाका बागीहरुको मन्त्री पद एक साता पनि टिक्न सकेन ।जसपा नेपालको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवम् पार्टी सदस्यबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारीसमेत गरेका थिए ।जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट
काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको हुन् ।आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुन एक दिनअघि उनले आइतबार बिहान राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले आफूले राजीनामा दिएको उनले बताएका छन् । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।लुम्बि
काठमाडौँ / नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ ।कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरेका छन् । त्यस अवसरमा दुवै राजदूतले पारस्परिक लाभका खातिर आपसी सम्बन्ध अझ विस्तार गर्ने सम्बन्धमा विचारविमर्श गरेको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए
समाचार टिप्पणीबिर्तामोड / माओवादी आन्दोलनको समाप्ती पछि सरकारमा पुग्नेहरुले सुरु गरेको मुद्धा फिर्ताको कामलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निरन्तरता दिएका छन् ।खुला राजनीतिमा आएपछि प्रचण्ड पथ अंगालेको तत्कालीन नेकपा माओवादीले हिंसात्मक र जघन्य अपराधका घटनामा संलग्न आफ्ना दलका नेता तथा कार्यकर्ता छुटाउन थालेको अभियानलाई वर्तमान सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेको ओली समुहका नेता ओलीले निरन्तरता दिंदै एमाले ओली पथमा हिनेको जनाउ दिएका छन् ।शान्तिवार्ता पछि माओवादीको शसस्त्र विद्रोहका क्रममा जघन्य अपराध र हिंसात्मक घटनामा संलग्नलाई सफाई दिएर सुरु भएको अन्तराष्ट्रिय कानुन र
काठमाडौँ / राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिएका थिए । जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसकेका प्रवक्ता दुर्गा पौडेलले जानकारी दिए । यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाही
चितवन / नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधान अनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले बताए ।गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांंग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो । श्रेष्ठका अनुसार झापा र काठमाडौँपछि सबैभन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.