काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गरेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री ज्ञवालीले भन्नुभयो, “उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पु¥याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् ।” प्रधानमन्त्री केपी शर्मा ओलीले
कास्की / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्
चितवन / नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् । उनले भने, “आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ ।” अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उनको भनाइ थियो । अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताएका छन् । उनले भने, “बिपीको पालामा ३० प्रत
काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताएका छन् । महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ
काठकाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन् ।प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताएका छन् । उनले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहर
धनुषा / प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए । नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उन
दमौली / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए ।नेकपा पार्टी एक हु
विराटनगर / प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको धारा १७० को उपधारा (१) बमोजिम लिम्बुलाई मन्त्री पदमा नियुक्तिको लागि सिफारिस गरिएअनुसार शपथ ग्रहण गराएका हुन् ।नेकपा माओवादीका तर्फबाट प्रदेशसभा सदस्य लिम्बुले नेकपा एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐन विपरीत कार्य गरेको कारण देखाइ प्रदेशसभा सदस्य पदबाट खारेज गरेको पत्र यही चैत
काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ ।शुक्रबार गृहमन्त्रीसमेत रहेका बादललाई कारबाही गरिएको राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले संसद सचिवालयलाई जानकारी गराएको हो । उनले भने, ‘केही दिनअघि प्रतिनिधिसभाका चार सांसदले दलत्याग गरेको सूचना दिएका थियौँ, आज बादलको दिएका हौँ ।’सचिवालयलाई जानकारी गराइएको उक्त सूचना राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, अहिले अधिवेशन चालू नभएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यव
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.