झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो ।
एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग जाने भएका छन् ।
निर्वाचन आयोगले आमनिर्वाचनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो ।
आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।






































