राजनीति

    Showing 7,661-7,670 of 10,447 items.
  • माओवादीले टुंग्यायो ३७३ केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो केन्द्रीय समितिको बैठकले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।यद्यपि महासचिवसहितका पदाधिकारीको नाम भने टुंगो लाग्न बाँकी छ । गत पुसमा भएको आठौँ महाधिवेशनले अपूरो नेतृत्व चयन गरेको थियो । माओवादीले यसअघि २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ । ९

    • प्रकाशित मितिः असार २०, २०७९
    • 109 पटक पढिएको
  • जसपाले बोलायो तीन मन्त्री फिर्ता : को–को बन्दैछन् नयाँ मन्त्री ?

    काठमाडौँ  / जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारमा सहभागि भएका तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ ।जसपाले नयाँ मन्त्रीको लागि सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादवको नाम सिफारिस गरेको हो ।पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएका हुन् । उनीहरूको सपथ आजै हुने सम्भावना छ ।जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन

    • प्रकाशित मितिः असार २०, २०७९
    • 98 पटक पढिएको
  • सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किंदै

    काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ सम्मेलनमा सहभागी भएर सापकोटा साँझ ७ः१५ मा नेपाल आइपुग्ने सभामुखको सचिवालयले जनाएको छ ।सापकोटासहितको नेपाली प्रतिनिधिमण्डल असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले सम्मेलनलाई असार १६ गते सम्बोधन गरेका थिए ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 101 पटक पढिएको
  • एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

    काठमाडौं  / नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।बैठकले सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेतालाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 140 पटक पढिएको
  • संघीय निर्वाचन : काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

    काठमाडौँ / रञ्जु दर्शनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।उनले सामाजिक सञ्जालमार्फत नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जितेका थिए ।उनले फेसबुकमा लेखेकी छन्, –‘तपाईँहरूले विभिन्न माध्यम बाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाच

    • प्रकाशित मितिः असार १९, २०७९
    • 106 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबार बस्दै

    काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि  आइतबार बस्ने भएको छ ।भोलि बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको बस्ने माओवादी केन्द्रले जनाएको छ।बैठकमा चुनावी समीक्षा, पदाधिकारीबारे छलफल, आगामी चुनावबारे छलफल, लगायत विविध विषयमा छलफल हुने केन्द्रीय कार्यलय मुख्य सचिव श्रीराम ढकालले बताए ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 95 पटक पढिएको
  • जसपाको केन्द्रीय समिति बैठक असार २७ र २८ गते वीरगञ्जमा

    झापा / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ । 

    • प्रकाशित मितिः असार १८, २०७९
    • 94 पटक पढिएको
  • ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र

    काठमाडौँ / पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले शुक्रबार सोही नामलाई मान्यता दिएको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको छ । उक्त पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह भने गोलाकार भित्र घण्टी पाएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । तर, सो

    • प्रकाशित मितिः असार १७, २०७९
    • 121 पटक पढिएको
  • रेस्लर जुरेलीले दिइन् हिलारीविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौँ  / रेस्लर अस्मिता जुरेलीले युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । गत असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा हिलारीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर जुरेलीले प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । ललितपुरमा उक्त कार्यक्रम युवा संघले नै आयोजना गरेको थियो । जुरेली र हिलारीबीच घम्साघम्सी भएको भिडियो सार्वजनिक भएको थियो । जुरेलीले आफूलाई हिलारीले समातेर लडाउँदै दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । हिलारीले भने जुरेली माथि कुनै दुर्व्यवहार नगरेको स्पष्टीकरण दिँदै आएका छन् । अदालतको पक्राउ पुर्जी पछि हिलारीलाई

    • प्रकाशित मितिः असार १७, २०७९
    • 148 पटक पढिएको
  • जसपाले पनि फिर्ता बोलायो मन्त्री, को-को बन्दैछन् नयाँ मन्त्री ?

    काठमाडौँ / पार्टी विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच सहमतिमै पार्टी विभाजन गर्ने तयारी भएपछि जसपाले शेरबहादुर देउवा नेतृत्वमा सहभागी आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाएको हो ।पार्टी कार्यालय सचिव प्रकाश अधिकारीले सबै मन्त्रीलाई फिर्ता बोलाइएको तर नयाँ मन्त्रीको नाम भने तय भइनसकेको जानकारी दिए ।जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास

    • प्रकाशित मितिः असार १७, २०७९
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.