काठमाडौँ / रञ्जु दर्शनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जितेका थिए ।
उनले फेसबुकमा लेखेकी छन्, –‘तपाईँहरूले विभिन्न माध्यम बाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईँहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।’
२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिरहेकी छन् ।






































