राजनीति

    Showing 8,031-8,040 of 9,660 items.
  • निर्माणाधीन आयोजनामा दुर्घटना : ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणका क्रममा दुर्घटनामा परी दुई जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छिन् ।साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा आज पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी छन् । मन्त्री भुसालले उहाँहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 113 पटक पढिएको
  • नेपाली काङ्ग्रेस झापामा नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण

    झापा / नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम  आज बिर्तामोडमा सम्पन्न भएको छ ।गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरे पश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं काङ्ग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका  थिए । थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराएका थिए । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्त

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 104 पटक पढिएको
  • देव गुरुङले पेश गरे विधान संशोधन प्रस्ताव

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा विधान संशोधनको प्रस्ताव पेश भएको छ । विधान मस्यौदा समितिका संयोजक देव गुरुङले बन्द सत्रमा विधान संशोधनको प्रस्ताव गरेका हुन् ।गुरुङको प्रस्तावमा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित २९९ सदस्यीय केन्द्रीय समिति हुने गुरुङको प्रस्तावमा उल्लेख गरिएको छ । पदाधिकारी समावेशी चरित्रको हुने गरी प्रस्ताव आएको छ ।केन्द्रीय समितिको कुल सदस्य अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रस्ताव समेत आएको छ ।&n

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 105 पटक पढिएको
  • माओवादीका नेता तथा कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्नै पर्ने

    काठमाडौँ / नेकपा (माओवादी केन्द)ले नेता तथा कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन उद्योग या जनतासँग बसेर श्रम गर्नु पर्ने नयाँ कार्ययोजना बनाएको छ ।  काठमाडौँमा जारी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव अन्तर्गत कार्ययोजना प्रस्तुत गर्दै सो कार्ययोजना अघि सारेका हुन् । पार्टी सदस्यले स्थानीय तहमा पार्टी कमिटीले स्थापना गरेका उद्योग वा जनताको घरमा बसेर नै श्रम गर्नुपर्ने बताइएको छ । सबै नेता तथा कार्यकर्ता जनता र श्रमसँग जोडिनाले पार्टीको संगठनात्मक कार्यशैली परिवर्तन हुनाले यस्तो कार्ययोजना ल्याइएको माओवादीका एक नेताले बताए ।  अध्यक्ष दाहालले एक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 131 पटक पढिएको
  • सात सदस्यीय अध्यक्षमण्डल गठन, बन्दसत्र सुरु

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को ८औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । आइतबार प्रज्ञा भवनमै माओवादी अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रका लागि सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन अध्यक्षमण्डलमा रहेका छन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस हुने र ती प्रतिवेदनहरूमा समूहगत छलफल हुने बताइएको

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 113 पटक पढिएको
  • माओवादी महाधिवेशन : बन्दसत्र आजबाट सुरु

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुँदै छ ।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरू पेस हुने र ती प्रतिवेदनहरूमा समूहगत छलफल हुने माओवादी नेता जनार्दन शर्माले जानकारी दिए । त्यस्तै समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २० भन्दा बढी समूहमा विभाजन गर्ने तयारी छ ।माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष,

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 136 पटक पढिएको
  • नेतालाई चोर भन्ने लिङदेन आफै ठूलो चोर : यसरी हडपे लिङदेनले करोडौँ मूल्यको जग्गा (भिडियो सहित)

     पछिल्लो समयमा दमदार भाषण र वाककलाका कारण राष्ट्रिय राजनितीमा चर्चामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनमाथि सर्वसाधारणको करोडौं मुल्यको जग्गा अन्यायपूर्वक बलजफ्ती हडपेको आरोप लागेको छ । स्वचछ छवि र ईमान्दार नेताका रुपमा चिनिएका नेता लिंङ्देनमाथि  अर्जुनधारा नगरपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको करिव १० करोड मूल्यको एक विगाहा तिन कठ्ठा जग्गा कब्जा गरेको आरोप लागेको हो ।गत निर्वाचनमा कांग्रेसका स्थापित नेता कृष्ण सिटौलालाई पराजित गर्दै राप्रपाबाट प्रतिनिधीसभा सदस्य बनेका लिङ्देन सदन र सार्वजनिक स्थानमा गर्ने भाषण र प्रस्तुतीका कारण राष्ट्रिय राज

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 640 पटक पढिएको
  • पूर्व माओवादीहरू एक ठाउँ हुने आधार तयार पारौँ: सीपी गजुरेल

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्व माओवादीहरू एक ठाउँ हुने आधार तयार पार्नुपर्ने बताएका छन ।नेकपा माओवादीको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै नेता गजुरेलले पूर्व माओवादीहरू एक ठाउँ हुने आधार तयार पार्न माओवादी केन्द्रलाई आग्रह गरेका छन । एकजुट हुने आधार तयार भएपछि मात्र एकताका लागि बहस गर्न सकिने उनले बताए ।पुराना माओवादीहरू एकजुट हुनुपर्छ भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई आफूहरूले सकारात्मक रुपमा लिएको पनि गजुरेलले बताएका छन । सबै सच्चा कम्युनिष्टहरू एकजुट हुनुपर्ने आफूहरूको चाहना रहेको भन्दै गजुरेलले

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 96 पटक पढिएको
  • रातारात राष्ट्रिय सम्मेलनबाट महाधिवेशन गर्न किन तयार भयो माओवादी ?

    काठमाडौँ  / शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र) ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो।किन रातारात यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा छ।एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै थियो।शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरेका थिए। सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भयो।शनिबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा प

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 103 पटक पढिएको
  • माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै उद्घाटन सत्र सुरु भएको हो । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीको शनिबारको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गरिएको हो ।उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाहीलगायत सहभागी छन् ।महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 90 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.