राजनीति

    Showing 8,101-8,110 of 10,447 items.
  • गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

    विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन दलबाट कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।कोइराला कांग्रेस मोरङका उपसभापति हुन् भने यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा रहेका उपमेयरका उम्मेदवार अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए ।यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरमा मृत्युञ्जय झा र उपमेयरमा सहनाज खातुन, राप्रपाबाट मेयरमा प्रहलाद स

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 297 पटक पढिएको
  • कांग्रेस झापाका नेता गोश्वामीसहित ६० जनाले दिए राजीनामा

    बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनको मुखमा नेपाली कांग्रेस झापाका नेता तथा महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामीसहित ६० जना नेता तथा कार्यकर्ताले राजिनामा दिएका छन् । पार्टीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीसहित ६० जनाले राजीनामा दिएका हुन् ।बाह्रदशी गाउँपालिका घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामूहिक राजीनामा बुझाएका छन् ।आदिवासी समुदायका अग्रज नेता मानिने गोश्वामीले स्थानीय चुनावको मुखमा राजीनामा दिएपछि झापा कांग्रेसमा ठुलो क्षति भएको कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।उनले आफूहरूले नेपाल

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 355 पटक पढिएको
  • भरतपुरमा रेनु दाहालको उम्मेदवारी

    बिर्तामोड / चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । भरतपुरको निवर्तमान मेयरसमेत रहेकी प्रचण्ड पुत्री दाहालले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेकी हुन् ।उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ र सहयोग गरेकी थिइन् । 

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 252 पटक पढिएको
  • भद्रपुरमा माओवादीलाई झड्का : प्रदेश सदस्यसहित दर्जनौ कार्यकर्ताले गरे पार्टी परित्याग (भिडियाेसहित)

    बिर्तामोड  / स्थानीय तह निर्वाचनको मुखमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्यसहित दर्जनौ नेता तथा कार्याकर्ताहरूले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रकी प्रदेश सदस्य मिरा अधिकारी, झापा जिल्ला सचिवालय सदस्य तथा भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेलसहित दर्जनौ नेता कार्यकर्ताले आज (सोमबार) विज्ञप्‍ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । लक्ष्मण कट्टेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, ज्ञान बहादुर पुरी, विष्णु बहादुर राई, गंगा प्रसाद राई, कृष्ण तामाङ (सन्तोष) योगराज अधिकारी, शिवराज घिमिरे,  अरबिन्द्र अधिकारी, रुद्र प्रसाद निरौला, मोक्

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,257 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : मेयर बन्न सात जना प्रदेश सांसदले दिए राजिनामा

    झापा / आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिनका लागि सात जना सांसदले पदबाट राजिनामा दिएका छन् । १ नम्बर प्रदेशबाट एमालेका २ जना, बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपाका र कांग्रेसका गरी २ जना,  र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रबाट १ जना सांसदले राजीनामा दिएका हुन् । १ नम्बर प्रदेशबाट एमालेका दुई सांसद इलाम १ (२) बाट निर्वाचित काजीमान कागते र झापा १ (२) बाट निर्वाचित गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका १ नम्बर प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । एमालेले कागतेलाई इलामको सूर्योदय नगरपालिकाको प्रमुख र बुढाथ

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 241 पटक पढिएको
  • मेयरका आकांक्षी थापाले गरे कांग्रेस परित्याग

    बिर्तामोड / स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेताले सत्तामा पुग्नका लागि पार्टी परित्याग गर्ने क्रममा नेपाली कांग्रेसका नेता शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् ।  कनकाई नगरपालिकामा मेयरको आकांक्षी रहेका नेता थापाले आफूलाई पार्टीले टिकट नदिएपछि पार्टी परित्याग गरेको बताउँदै पार्टी परित्याग गरेका हुन् ।  थापाले सामाजिक सञ्जालमा फेसबुकमार्फत नेपाली कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्  ।  पार्टीेले टिकट नदिएको आरोप लगाउदै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै राजीनामा दिएका हुन ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 268 पटक पढिएको
  • अख्तियारद्वारा एकै दिन १ सय ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ  / अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगले एकै दिन एक सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अयोगले कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिअन्तर्गत रहेको  जग्गा  गैरकानुनी  रूपमा व्यक्तिको नाममा जग्गा सार्ने काममा संलग्न  समितिका  तत्कालीन  अध्यक्षसहित एक सय ११ जनाविरुद्ध हिजो (आइतबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो ।आयोगले समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका  तत्कालीन  प्रमुखहरू  कृष्णकुमार  निरौला, विसनसिंह थापा, नापी कार्यालयका तत्कालीन प्रमुखहरू

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 161 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेलले दिए राजिनामा

    बिर्तामोड / बुद्धशान्ति गाउँपालिकामा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र एमाले बुद्धशान्ति इन्चार्ज योगकुमारी पराजुलीले पदबाट राजिनामा दिएका छन् ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता गराउने अन्तिम दिन आज हो । यसअघि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष सहित दर्जन बढी जनप्रतिनिधिहरूले राजिनामा दिइसकेका छन् ।अध्यक्ष भुजेलले केहि दिन अघि नेपाली काङ्ग्रेसको आन्तरिक उम्मेदवार छनौटमा नाम नपरेसँगै उनी असन्तुष्ट जनाउँदै आएका थिए । उनीले स्वतन्त्र रूपमा अध्यक्ष पदमा चुनाब लड्ने वा अन्य कुनै पार्टीबाटै अध्यक्ष पदमा चुनाब लड्ने छलफल चलिरहेको छ । यता नेकपा एमाले बुद्धशान्तिकी इन

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 353 पटक पढिएको
  • एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्की उम्मेदवार

    विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंग्याएको छ । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीको बैठकले महानगरको प्रमुखका लागि सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् भने कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । थापा मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशक यता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गुरु बराल, जीवन घिमिरे, पर्शुर

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 166 पटक पढिएको
  • राप्रपाका जिल्ला सदस्य आचार्यसहित ६० जना एमाले प्रवेश

    बिर्तामोड / राप्रपाका जिल्ला सदस्य सुशील आचार्य नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार काँकरभिट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा आचार्यलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइरालाले अबिर लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । मेचीनगरमा आचार्यसहित ६० जनाले राप्रपा त्यागेर एमाले प्रवेश गरेका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, एमाले नगर अध्यक्ष राजु पोखरेल लगायतको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.