राजनीति

    Showing 8,111-8,120 of 9,664 items.
  • एमालेले पार्टी कार्यालय सार्दै

    काठमाडौँ  / नेकपा एमालेले पार्टी कार्यालय सार्ने भएको छ । तीन महिना भित्रमा एमालेले आफ्नो पार्टी कार्यालय थापाथलीबाट च्यासलमा सार्ने भएको हो । बल्खुमा रहेको एमालेको कार्यालय भुकम्पका कारण ध्वस्त भएपछि थापाथलीमा सारिएको थियो । हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म कार्यालय अस्थायी प्रबन्धका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा सार्न लागिएको बताइएको छ । तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जनाएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको उक्त भवनको मर्मत/सम्हार तथा पुनः व्यवस्था गरी ३ महि

    • प्रकाशित मितिः पुस २, २०७८
    • 102 पटक पढिएको
  • पार्टीको गतिविधि जनता समक्ष लैजानुपर्छ : बिजुक्छे

    काठमाडौँ / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिएका छन्। बिहीबारदेखि सुरु भएको पार्टीको ३२ औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले सो कुरा बताएका हुन् । उनले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क समेत गरेका छन् ।एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले जानकारी दिए। बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि

    • प्रकाशित मितिः पुस २, २०७८
    • 93 पटक पढिएको
  • एमालेले तोक्यो विभाग, प्रदेश र जिल्ला इन्चार्ज

    काठमाडौँ  / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका विभिन्न विभागका प्रमुख र प्रदेशदेखि जिल्लाका इन्चार्ज र अध्यक्षको टुंगो लगाएको छ । केन्द्रीय कमिटी बैठक पश्चात अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले विभिन्न नेताहरूको कार्यविभाजन गरेको हो । जसअनुसार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ । अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र र

    • प्रकाशित मितिः पुस २, २०७८
    • 93 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको मतगणना सुरु

    काठमाडौँ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा सहमहामन्त्रीको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएका क्षेत्रको मतगणना सुरु भएको हो ।आठ सहमहामन्त्रीमध्ये तीन महिला, जनजाति र दलित सहमहामन्त्रीको मत परिणाम आइसकेको कांग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए ।  रावलका अनुसार महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । खस आर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशो

    • प्रकाशित मितिः पुस २, २०७८
    • 106 पटक पढिएको
  • माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाको प्रदेश सचिवमा उम्मेद्वारी

    धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुङ्गानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुङ्गानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।२०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् । शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमा लागेका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य पनि थिए ।आफूले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुङ्गानाले सहयोग गर्न पार्टीक

    • प्रकाशित मितिः पुस २, २०७८
    • 101 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको मतगणना सुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत भएको चुनावमा सभापति, उपसभापति र महामन्त्रीको मत गनिसके लगतै सहमहामन्त्रीको मत गणना सुरु भएको हो । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मत गणना सुरु भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन्।

    • प्रकाशित मितिः पुस १, २०७८
    • 105 पटक पढिएको
  • रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा पत्र

    काठमाडौँ  / रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेस महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका छन् । रिजालले पदबाट दिएको राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा महामन्त्रीको निर्वाचनमा रिजालले ८०९ मत प्राप्त गरेका थिए ।  कांग्रेसको महामन्त्रीमा देउवा प्यानलका विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला प्यानलबाट गगन थापा विजयी भएका छन् । 

    • प्रकाशित मितिः पुस १, २०७८
    • 100 पटक पढिएको
  • काँग्रेस महामन्त्रीमा तीन हजार २३ मत ल्याएर गगन थापा विजयी

    काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गत आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन् भने देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार दिएका शर्माले १९८४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै प्रदीप पौडेल १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १

    • प्रकाशित मितिः पुस १, २०७८
    • 109 पटक पढिएको
  • रक्षामन्त्रीबाट राजीनामा दिँदै रिजाल

    काठमाडौँ /  रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजिनामा दिने घोषणा गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका रिजालले आफू हार्ने पक्का भएपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले समाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । उनेले लेखेका छन्, –‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’महामन्त्रीको अन्तिम मत परिणाम प्राप्त हुनासाथ आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले बताए ।&nb

    • प्रकाशित मितिः पुस १, २०७८
    • 95 पटक पढिएको
  • अपडेट : १०७५ मत गन्दा गगन र विश्वप्रकाशको अग्रता, कसको कति मत ?

    झापा / नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।१०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् ।दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शे

    • प्रकाशित मितिः पुस १, २०७८
    • 116 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.