राजनीति

    Showing 8,121-8,130 of 10,447 items.
  • गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै

    काठमाडौँ / सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्ने भएको छ ।आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक हुन लागेको हो । त्यस्तै , आइतबार नै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक पनि बस्ने भएको छ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र त्यही अनुसार निर्णय गरिने छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 105 पटक पढिएको
  • टिकटका लागि जसपाका नेताहरूबीच कुटपिट हुँदा १० नेता घाइते

    धनुषा / आसन्न स्थानीय तह निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच कुटपिट भएको छ ।आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको जसपा प्रदेश कमिटीकाे बैठकमा टिकटको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता र कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटबाट जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरी र शहिदनगर नगरपालिकाको टिकट ब

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 128 पटक पढिएको
  • काँग्रेस पार्टी कार्यालय पाँचथरमा तालाबन्दी

    पाँचथर / नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरिएको छ । काँग्रेस कार्यकर्ताले मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नगरेको भन्दै तालाबन्दी गरेका हुन् । आक्रोशित बनेका कार्यकर्ताले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँड गर्न खोजेको असन्तुष्टि जनाएका छन् ।  नेपाली काँग्रेस प्रदेशसभा ‘क’ का क्षेत्रीय सचिव सुन्दर आचार्यले पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरीत काम गरिरहेका भन्दै पार्टी नेतृत्वको कदम नसच्चिए पार्टी दुर्घटनामा पर्ने बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 165 पटक पढिएको
  • एमाले इलाम नगर कमिटीका अध्यक्षसहित २२ जनाले दिए पदबाट राजीनामा

    इलाम / नेकपा (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट राजीनामा दिएका छन् ।  जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् ।  अमुक व्यक्तिलाई उम्मेदवारका रूपमा छनोट गर्न खोजिएको भन्दै आक्रोशित उनीहरूले पार्टीको जिल्ला कार्यालयमा गएराति तालाबन्दी समेत गरेका छन् । नगर कमिटीले मेयर उम्मेदवारका लागि धीरेन चेम्जोङ, कृष्ण श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्यामकृष्ण घिमिरेको नाम सिफारिस गरेको थियो ।  तीमध्ये भट्टराईको नाम उम्मेदवारका लागि छनोट भएको खबर नगर कमिटीमा आएपछि कमिटी अध्यक्ष तिलक ठकुरी, उपाध्

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 122 पटक पढिएको
  • विराटनगरमा प्रदर्शन : सामूहिक राजीनामा दिने महिला संघको चेतावनी

    बिर्तामोड / नेपाल महिला संघ मोरङले ३३ प्रतिशत महिला उम्मेद्वार सुनिश्चित गर्न माग गर्दै  विराटनगरमा प्रदर्शन गरेको छ । आइतबार बिहान विराटनगर स्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले महिला सहभागिताका लागि प्रदर्शन गरेको हो ।महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नाराबाजी गरेका छन् । उनीहरूले संविधानले नै दिएको ३३ प्रतिशत अधिकारलाई पार्टी नेतृत्वले स्वीकार नगरेका कारण आफूहरू पीडित हुँदै आएको बताएका छन् । स्थानीय तह चुनावमा पार्टीले महिलाहरूलाई उपेक्षा गरे सामूहिक राजीनामा दिने समेत चेतावनी दिएका छन् । नेप

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 152 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : उम्मेदवार मनोनयन दर्ता आजबाट सुरु

    बिर्तामोड / स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालीकामा आज आइतबारबाट उम्मेदवारी दर्ता सुरु भएको छ  । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी दर्ताको समय तोकेपछि देशभरकै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले उम्मेदवारी दिन थालेका हुन् । स्थानीय सरकारको निर्वाचन अधिकृत कार्यालय मार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने आयोगले जनाएको छ । तर मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुवैलाई चाप धेरै पर्ने गरेकोले दुई दिनको समय तोकिएको सहसचिव एवं निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।भोलिसम्म बेलु

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 133 पटक पढिएको
  • कचनकवलमा राप्रपालाई हराउन कांग्रेस र एमालेबीच गठबन्धन

    बिर्तामोड / देशैभरी एमालेलाई पराजित गर्न सत्तागठबन्धन दलहरू एक जुट भइरहेको समयमा झापाको एक पालिकामा भने राप्रपालाई हराउन कांग्रेस र एमालेबीच गठबन्धन भएको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै राप्रपाको प्रभाव क्षेत्र रहेको कचनकवल गाउँपालिकामा सत्तागठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी गठबन्धन भएको हो । गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 126 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : क–कस्ले दिन पाउँछन् उम्मेदवारी ?

    काठमाडौँ / आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारी दिन जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूले धमाधम राजिनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न बहाल रहेका जनप्रतिनिधि तथा लाभको पदमा बसेका व्यक्तिले राजिनामा दिने व्यवस्था लागू गरेसँगै धमाधम राजिनामा दिन थालेका हुन् । स्थानीय तह निर्वाचन कानुनमा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने जुनसुकै पदमा बसेकालाई लाभको पदका रूपमा व्याख्या गरिएको छ ।निर्वाचनमा कुनै व्यक्ति अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदको लागि उम्मेदवार हुन चाहेमा उसमा केही योग्यता हुन जरु

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 112 पटक पढिएको
  • मनोनयन दर्ताका लागि आज पत्रकार सम्मेलन गर्दै आयोग

    बिर्तामोड /  निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलन आज दिउँसो ४ बजे गर्ने आयोगले जनाएको छ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।शर्माका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ । स्थानीय तहमा धेरैले उम्मेदवारी दिने भएकाले भिडभाड कम गर्न दुई दिनको समय उपलब्ध गराउने निर्णय भएको पौ

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 155 पटक पढिएको
  • एमालेको चुनावी घोषणापत्र : शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता (पूर्णपाठ)

    झापा /  नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा जित हासिल गरे सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने घोषणा गरेको छ । शुक्रबार स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै एमालेले गुणवान र सक्षम नागरिक तयार गर्न भन्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने घोषणा गरेको हो ।  त्यस्तै एमालेले घोषणापत्रमा स्वास्थ्य, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई समेत प्रमुखताका साथ समेटेको छ ।विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेट

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.