राजनीति

    Showing 8,131-8,140 of 9,664 items.
  • कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना सुरु

    काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको उपसभापतिको मत गणना सुरु भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य सुरु गरेको जनाएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजेबाट उपसभापतिका उम्मेदवारको  मतगणना सुरु भएको र उपसभापतिको मतगणना सकिएपछि मात्र अन्य उम्मेदवारको मत गणना गरिने निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उपसभापतिमा ६ जना उम्मेदवार छन् । सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छेदार र पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाको प्यानलबाट डा

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 109 पटक पढिएको
  • सरकारी निवासमा सरे मुख्यमन्त्री राई

    विराटनगर / प्रदेश –१ का मुख्यमन्त्री राजेन्द्र राई आज (बुधबार) सरकारी निवासमा सरेका छन् । कात्तिक १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका राई आज सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा सरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राई राष्ट्र बैङ्क विराटनगरको गेस्ट हाउसमा बस्दै आएका थिए । आज बिहानदेखि सरकारी निवासमा बस्न सुरु गरेका उनले खर्च कटौती गर्ने उद्देश्यले सरकारी निवासमा प्रवेश गरेको बताए । आयोजनाको उक्त भवनमा यसअघि प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र पूर्वमन्त्री उषाकला राई बसिसकेका छन् । यसअघिका मुख्यमन्त्री शेरधन राईले निजी भवन भाडामा लिएर

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 107 पटक पढिएको
  • एमालेका ४४ मनोनित केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका ४४ जनाले पद तथा गोपनियताको शपथ लिएका छन् । यही मंसिर २५ गतेदेखि भक्तपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले मनोनित गरेका १० प्रतिशत सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) शपथ खुवाएका हुन् ।एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, भूगोलबाट छुटेका पर्वतका पदम गिरीसहित ४४ जनाले स्मृति प्रतिष्ठान च्यासल पुगेर शपथ ग्रहण गरेका हुन् ।त्यस्तै चितवनमा छुटेका एमाले नेता विशाल भट्टराई र युवा संघका पूर्वअध्यक्ष रमेश पौडेलले प

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 118 पटक पढिएको
  • प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु

    धनुषा  / प्रदेश नं २ को प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार)का लागि संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।प्रदेश २ मा चारदलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको हो । जनता समाजवादी पार्टीको नेतृत्वको प्रद

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 89 पटक पढिएको
  • प्रचण्डले दिए देउवालाई बधाई

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएको उनको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 82 पटक पढिएको
  • सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : नेता पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन ।नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 90 पटक पढिएको
  • कांग्रेस पदाधिकारीको मतगणना आजै सुरु, सात दिनभित्र सबै नतिजा आउने

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना (बुभवार)आजै सुरु हुने भएको छ। १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसँगै आज दिउँसोबाट बाँकी मत गणना थालनी गरिने भएको निर्वाचन आयोगका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामा गर्ने तयारी छ। सात दिनभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी रहेको आयोगले जनाएको छ । महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भैसकेका छन्।  सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेख

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 97 पटक पढिएको
  • कांग्रेस सभापतिमा देउवा विजयी, डा.कोइराला पराजित

    काठमाडौं  / नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशन अन्तर्गत आज(बुधवार) विहान सकिएको मतगणनाको परिणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन् ।मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा पराजित डा.शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् ।  कोइराला ८७८ मत अन्तरले पराजित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेले दिएको जानकारी अनुसार २५ मत बदर भएको  छ । मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामब

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 112 पटक पढिएको
  • प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि

     काठमाडौँ /  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले  ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ कोरोना पोजिटिभ आएको छ ।सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 89 पटक पढिएको
  • डा.कोइरालाको पत्रकार सम्मेलन : अन्तरआत्माको निर्णय प्रयोग गर्न आग्रह

    काठमाडौँ  / नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका छन्  । दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टा अघिमात्रै पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका हुन् । डा.कोइरालाले मतदातालाई अन्तरआत्माको निर्णय प्रयोग गर्न आग्रह समेत गरेका छन् । पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केही बेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछ

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 96 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.